शनिबार, भदौ ४ २०७९
काठमाडौं ०७:३६
वासिङटन डिसी 21:51

बाल्टिमोरको बानाले दोश्रो अन्तरराज्य भलिवल प्रतियोगिता -२०२२ आयोजना गर्ने घोषणा

बिजेता भलिवल टोलीलाई ५ हजार ५ सय डलर तथा उप बिजेता टोलिलाई ३ हजार ३ सय नगद

विजय थापा २०७९ असार १२ गते ११:२९ मा प्रकाशित

बाल्टिमोर एसोसियसन अफ नेप्लिज इन अमेरिका (बाना )ले आयोजना या बर्ष पनि अन्तरराज्य भलिवल प्रतियोगिता गर्ने भएको छ ।

गत जुन २६ का दिन आयोजना गरिएको पत्रकार सम्मेलन मार्फत आगामी जुलाई २३-२४ का दिन दोश्रो बाना कप अन्तर राज्य भलिवल -२०२२ प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

बिजेता भलिवल टोलीलाई ५ हजार ५ सय ५५ डलर तथा उप बिजेता टोलिलाई ३ हजार ३ सय ३३ डलर नगद पुरस्कारको दिइने छ ।

गत बर्ष अगष्ट २१ र २२ (शनिबार र आइतबार )को दिन राखिएको कार्यकम बानाको १६ औं बर्ष गांठको उपलक्ष्यमा आयोजना गरिएको थियो ।

यस बर्ष पनि अमेरिकाका बिभिन्न राज्यहरु न्यूयोर्क ,ओहायो ,पेन्सेल्भेनिया ,मेरिल्याण्ड लगायत विभिन्न भलिवल टोलीहरुको सहभागिता जनाउने छन ।

पत्रकार सम्मेलनमा बानाका अध्यक्ष सुबोध विलास पन्तले भलिवल प्रतियोगितामा सबैको सहयोग हुने अपेक्षा सहित सबैलाई सहभागिता जनाउन आग्रह गरे ।

उनले भावी योजनाको समेत जानकारी गराएका थिए ।

उक्त पत्रकार सम्मेलनमा संस्थाका उपाध्यक्ष तथा प्रतियोगिताका संयोजक भीम केसीले कार्यक्रम बारेमा प्रकाश परेका थिए भने महासचिव सागर घिमिरेले कार्यक्रम संचालन गरेका थिए ।

उक्त कार्यकममा खेलाडी ,विभिन्न भलिवल खेल टोलीका प्रतिनिधि ,पत्रकार,पदाधिकारीहरुको उपस्थिति रहेको थियो भने जिज्ञासाको उत्तर संयोजक केसी लगायतले दिएका थिए । आयोजकका अनुसार आगामी जुलाई १५ सम्म दर्ता गर्ने म्याद रहेको र खेल टोलीले ५०० डलर दर्ता शुल्क तिर्नु पर्नेछ ।

यस पटक महिला भलिवल प्रतियोगिता समेत हुने भएको छ । तर महिला प्रतियोगितामा पुरस्कारको व्यवस्था नहुने र यस बर्ष सहभागिता मात्र जनाईने भएको छ ।

प्रतिक्रिया