शनिबार, भदौ ४ २०७९
काठमाडौं ०८:४७
वासिङटन डिसी 23:02

बाल्टिमोरमा नेपालीले संचालन गरेको नेपाली सरसामान पाइने थोक व्यवसाय यत्र तत्र सर्वत्र चर्चा

कुनै पनि राज्यमा व्यवसाय गर्न चाहने नेपालीलाई थोक मूल्यमा समान उपलब्ध गराउने संचालक लामिछानेको आह्वान

विजय थापा २०७९ असार १२ गते १०:४९ मा प्रकाशित

अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा नेपालीले संचालन गरेको थोक व्यवसाय प्राइम होलसेल नामक पसल यत्र तत्र सर्वत्र चर्चामा रहेको छ । सबै तिर सेवा पुर्याउने लक्ष्यमा अगाडी बढ्दै गरेको उक्त व्यवसाय नेपाली समुदायमाखुद्रा ब्यबसायमा पनि त्यतिकै प्रख्यात छ ।

अमेरिकाका कुनै पनि राज्य तथा शहरमा खुद्रा व्यवसाय गर्न चाहनेलाई सुपथ मूल्यको साथै थोक मूल्यमा सामान उपलब्ध गराउने र सेवा प्रदान गर्ने संचालक गणेश लामिछानेले ईनेप्लिजलाई बताए ।

उनले अगाडी भने हामी थोकमा सामान बिक्रि गर्नुको साथै खुद्रा पनि बिक्रि गर्छौ । यहा नेपालमा निर्मित सबै सामनहरु एकै छतमा पाइने हुनाले हामीसँग अमेरिकामा खुद्रा व्यवसाय गर्न चाहने जो कोहीले पनि सम्पर्क गर्न सक्ने उनले बताए । उनले आफुले धेरै लगानी गरेको र यहा व्यवसाय गर्न इच्छा राख्ने नेपाली समुदायलाई आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

केही समय अगाडी अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोर क्षेत्रमा आई व्यवसायमा जमेका नेपाली मूलका व्यवसायी गणेश लामिछानेले नेपालीहरुको सेवाको लागि नेपाली सर समान /सामग्री पाउने थोक व्यवसाय संचालनमा ल्याएका हुन् ।

अमेरिकामा नेपाली समुदायको वृद्धिसंगै नेपाली माल समानको पनि त्यतिकै माग भएकोले र अझै यो वृद्धि हुदै गएकोले त्यसलाई मध्यनजर गर्दै हाल अमेरिकामा सेवा दिने उद्धेश्यले प्राइम होलसेल एलएलसी संचालनमा ल्याएको र हाल राम्रो संचालनमा रहेको छ ।

अमेरिका आएका नेपाली समुदायलाई नेपालमा निर्मित चाहिने जति सबैकुराहरु एकै थलोमा उपलब्ध होस् भन्ने हेतुले थोक व्यवसाय प्रारम्भ गरिएको व्यवसायी लामिछानेले ईनेप्लिजलाई बताए ।

खुद्रा खरिद गर्न चाहना राख्नेले पनि पसलमा खरिद गर्न सकिने छ । अमेरिकामा ब्यापार गर्न चाहना राख्नेले लामिछानेसंग सम्पर्क गर्न सक्नु हुनेछ । सबै कारोवारहरु बिधुतिय प्रणाली(अनलाईन )बाट हुने हुनाले अमेरिकाको जुनसुकै शहर,राज्य वा गाउँबाट पनि आफूले खरिद गर्न मन लागेमा सरल तरिकाले खरिद गर्न सकिनेछ ।

व्यवसायबाट सामान खरिद गर्न चाहेमा उचित मूल्य र छिटो छरितो रुपमा ग्राहकहरुका ठेगानामा पुर्याइने व्यवस्था समेत भएको उनले बताए ।

नेपाल घर गोर्खा भएका लामिछाने सपरिवार अमेरिका सन् २०११ मा आएका हुन् । उनि एक सफल व्यवसायी तथा सामाजिक अभियन्ता हुन् ।अमेरिका आएको एक दशकमा हाल उनका ४-५ वटा व्यवसाय संचालनमा छन् ।

निकै व्यस्त रहेका लामिछा विभिन्न सामाजिक संघ/संस्थामा पनि त्यतिकै सक्रिय छ । मेरिल्याण्ड क्षेत्रका विभिन्न संघ/संस्थामा नेतृत्व /पदाधिकारीको भूमिका पनि निर्वाह गरि रहेका छन् । सेन्चुरी २१ नामक घर खरिद तथा बिक्रिका अभिकर्ता(रियलटर) पनि हुन् ।

नेपालको प्रवर्द्धन र नेपाली उत्पादनको प्रवर्द्धन गर्न थोक व्यवसाय संचालनमा ल्याईएको उनले बताए ।

नेपाली उत्पादनहरुमा नेपालमा बनेका आँखीझ्याल,मुकुट,करुवा ,डमरु,पूजाको मन्दिर,तामाका जलदानी,बासुरी,सारंगी,मादल,तबला,वस्त्रहरु ,चोलो ,चिउरा ,चिया पट्टि,पूजा गर्ने विभिन्न देव देउताका मुर्ति,कलस ,दियो ,कचौरा पानस ,पूजाका सामग्रीहरु,चुरा पोते ,बुद्धको मुर्ति,धार्मिक पुस्तक ,धर्मकर्ममा लगाउने महिलाहरुका जुत्ता,मसला ,सुनका गर गहना ,मर मसला किराना पसलमा पाइने सबै सामग्रीहरु रहेका छन् ।

उनको थोक पसलमा सामान खरिद गर्न https://www.primeemarket.com/मा गै आफूलाई चाहिएको हरेक चिज खरिद गर्न सक्नु हुनेछ ।

 

 

प्रतिक्रिया