शनिबार, भदौ ४ २०७९
काठमाडौं ०९:०१
वासिङटन डिसी 23:16

बाइडेन युरोपमा हुने शिखर सम्मेलनको लागि एक हप्ताको लागि प्रस्थान

इनेप्लिज २०७९ असार ११ गते १४:३३ मा प्रकाशित

बाइडेन युरोपमा हुने शिखर सम्मेलनको लागि एक हप्ताको लागि प्रस्थान गरेका छन् । सिएनएनका अनुसार उनि रुसको बिरूद्ध सहयोगीहरूलाई एकजुट राख्न युरोपको भ्रमणमा निक्लेका हुन् ।

रुसले आक्रमण गरेको पाँचौं महिनामा प्रवेश गर्दै गर्दा उनि एकताको लागि प्रस्थान गरेका हुन् ।

बाइडेनले जर्मनी र स्पेनको भ्रमणका क्रममा युरोपेली सहयोगीहरूसँग नयाँ प्रतिबन्ध र सैन्य सहायता घोषणा गर्ने आशा गरिएको सिएनएनले जनाएको छ । जी७ समूह र नेटो शिखर सम्मेलनमा सहभागी भएका नेताहरूले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको सम्बोधन समेत सुन्नेछन् ।

जर्मनी र स्पेनको वार्तामा अझै पनि ठूला प्रश्नहरू उब्जिएका छन् भने युक्रेनको युद्धलाई कसरी अन्त्य गर्ने भन्ने बारे सहयोगीहरू बीच नयाँ कुराकानीहरू हुनेछन् ।

प्रतिक्रिया