अफगानिस्तानमा भूकम्पबाट मृत्यु हुनेको संख्या ११५० पुग्यो , पराकम्पनका कारण पुन: ५ जनाको मृत्यु

इनेप्लिज २०७९ असार १० गते ११:३१ मा प्रकाशित

अहिले सम्मको ताजा जानकारी अनुसार अफगानिस्तानमा भूकम्पबाट मृत्यु हुनेको ११५० पुगेको छ ।

अफगानिस्तानको पूर्वी क्षेत्रमा अर्को सानो भूकम्प जाँदा कम्तीमा पाँच जनाको मृत्यु भएको सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

भूकम्पले यस क्षेत्रलाई हल्लाएको दुई दिनपछि शुक्रबार पूर्वी अफगानिस्तानको कडा प्रभावित क्षेत्रमा पराकम्पनले सयौं माटोको इट्टाका घरहरू ध्वस्त पारेको र १,१५० व्यक्तिको मृत्यु भएको सरकारी संचार माध्यमले जनाएको छ।

पाकिस्तानको मौसम विभागले दक्षिणपूर्वी अफगानिस्तानमा ४.२ परिमाण (म्याग्निच्युड)को भूकम्प गएको जानकारी दिएको छ भने राज्यद्वारा संचालित बख्तर समाचार संस्थाले गायन जिल्लामा थप पाँच जनाको ज्यान लिएको र ११ जना घाइते भएको जनाएको छ।

गत बुधवार राति गएको भूकम्पले हजारौंलाई आश्रयविहीन बनाएको छ भनि एबिसीन्यूजले समाचार लेखेको छ ।

प्रतिक्रिया