आइतबार, असार १२ २०७९
काठमाडौं २२:०९
वासिङटन डिसी 12:24

न्यूयोर्कमा २१ बर्ष भन्दा मूनिकाले अर्धस्वचालित बन्दुक किन्न प्रतिबन्ध गरेकोमा सर्वोच्च अदालतद्वारा विपक्षमा फैसला

इनेप्लिज २०७९ असार १० गते १:३८ मा प्रकाशित

न्यूयोर्कका गभर्नरले न्यूयोर्कमा २१ बर्ष भन्दा मूनिकाले अर्धस्वचालित बन्दुक किन्न प्रतिबन्धमा हस्ताक्षर गरेको केही समय पछि सर्वोच्च अदालतले विपक्षमा फैसला सुनाएको छ । अमेरिकी सर्वोच्च अदालतले सार्वजनिक स्थानमा बन्दुक बोक्न सहज बनाउने निर्णय गरि दिएको छ ।

सर्वोच्च अदालतले सार्वजनिक स्थानमा बन्दुक बोक्न सहज बनाउने निर्णय गरेको छ । यो निर्णय संगै न्यूयोर्कले ऐतिहासिक चालेको कदमको विपक्षमा निर्णय आए पछि थुप्रै असन्तुष्ट प्रतिक्रियाहरु आएका छन् ।

न्यूयोर्कका गभर्नरले न्यूयोर्कमा २१ बर्ष भन्दा मूनिकाले अर्धस्वचालित बन्दुक किन्न प्रतिबन्धमा हस्ताक्षर गरेकी थिइन् । २१ वर्ष मुनिका न्यूयोर्कवासीहरूलाई गभर्नर क्याथी होचुलले हस्ताक्षर गरेको उक्त नयाँ कानून अन्तर्गत सेमीअटोमेटिक राइफल (अर्ध स्वचालित बन्दुक )किन्न प्रतिबन्ध लगाइएको थियो ।

अमेरिका भरि नै सामूहिक गोलाबारीको लहर पछि त्यसलाई नियन्त्रण नयाँ कानुन ल्याईएको थियो । डेमोक्र्याटिककि होचुलले १० वटा बन्दुक-सम्बन्धित बिधेयक (बिल)हरूमा हस्ताक्षर गरेकी थिइन् ।

न्यूयोर्कको विधायिकाले बिधेयकहरू समेत पारित गरेका थिए । गत मे १४ मा बफेलो शहरको बिशाल बजारमा भएको जातीय आक्रमणमा १० अश्वेतहरुको मृत्यु भएको थियो । १० दिनपछि टेक्सासको एक विद्यालयमा गोली चल्दा १९ बालबालिका र दुई शिक्षकको ज्यान गएको थियो।

सर्वोच्च अदालतले बिहीबार सार्वजनिक स्थानमा बन्दुक बोक्न प्रतिबन्धलाई खुकुलो बनाई दिएको छ । ९ जना न्यायधिशहरु मध्ये मतदान हुँदा ६-३ मत परेको थियो ।

न्यूयोर्क राज्य राइफल एण्ड एसोसिएसन बिरुद्ध ब्रुएनको मुद्दा दुई न्यूयोर्क पुरुषहरूले मुद्दा हालेका थिए । बन्दुक बोक्न “उचित कारण” वा विशेष आवश्यकता हुनु पर्ने राज्यको कानूनलाई चुनौती दिएका थिए।

बिहीबारको निर्णयमा रूढिवादी न्यायाधिश क्लेरेन्स थोमसले अदालतले न्यूयोर्कको उचित कारण वा आवश्यकता असंवैधानिक भएको फेला पारेका थिए । तर अदालतका तीन उदार न्यायाधीशहरूले उक्त निर्णय प्रति असहमति जनाए।

अमेरिकाको इतिहासको सबैभन्दा नराम्रो सामूहिक गोलीकाण्डको केही हप्तापछि यो फैसला आएको छ भनि याहुन्यूजले समाचार प्रकाशित गरेको छ ।

प्रतिक्रिया