युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेनलाई परीक्षार्थी दर्जा (उम्मेदवार स्टाटस ) दिने युरोपेली परिषद्को निर्णयलाई “विजय” भनेका छन।
घोषणा लगत्तै सामाजिक संजाल इन्स्टाग्राममा उनले प्रकाशन गरेको अङ्कियदृश्य(भिडियो )मा सम्बोधन गरे र भने हामीले भर्खरै परीक्षार्थी (उम्मेदवारी )पाएका छौं। यो हाम्रो बिजय हो ।
यो प्राप्त गर्न हामीले १२० दिन र ३० वर्ष प्रतिक्षा गरेका थियौ। त्यसपछि हामी शत्रुलाई पराजित गर्नेछौं र केही आराम गर्नेछौं। वा हुनसक्छ हामी पहिले युक्रेन पुनर्निर्माण गर्नेछौं र पछि विश्राम लिनेछौं ।
युरोपेली संघले युक्रेन र मोल्डोभालाई उम्मेदवारको दर्जा दिने निर्णय गरेको छ । युरोपियन परिषदका अध्यक्ष चार्ल्स मिशेलले ट्विटरमा एक ऐतिहासिक क्षण भएको बताए ।
जेलेन्स्कीले युक्रेनलाई ईयू उम्मेद्वारको दर्जा दिने ईयू नेताहरूको निर्णय “अद्वितीय र ऐतिहासिक” भएको बताए ।
जेलेन्स्कीले युरोपेली परिषद्को निर्णयको प्रशंसा गरे ।
यसै गरि युक्रेनका विदेशमन्त्री डिमिट्रो कुलेबाले पनि युक्रेन विजयी हुनेछ र युरोप विजयी हुनेछ भनि सामाजिक संजाल ट्वीटमा प्रकाशन गरेका छन् ।
प्रतिक्रिया