अमेरिकी सर्वोच्चका न्यायाधिश काभानोलाई हत्या गर्ने उद्धेश्यले घर नजिक पुगेका हतियारधारी दोषी फेला परेनन्
अमेरिकी सर्वोच्चका न्यायाधिश ब्रेट काभानोलाई हत्या गर्ने उद्धेश्यले घर नजिक पुगेका हतियारधारी दोषी नभएको वकिलले तर्क पेश गरेका छन् ।
उनलाई न्यायाधिश ब्रेट काभानोको घर नजिक पुगे पछि हतियार सहित पक्राउ गरिएको थियो । बुधबार उनले न्यायाधिशलाई मार्ने प्रयास गरेका थिएनन भनि उनका वकिलले बताए ।
न्याय विभागले बुधबार बिहान मेरिल्याण्डमा न्यायाधिश ब्रेट काभानोको घर नजिकै पक्राउ परेका व्यक्तिलाई अमेरिकी न्यायाधीशलाई अपहरण वा हत्या गर्ने प्रयास गरेको वा धम्की दिएको आरोप लगाएको थियो ।
क्यालिफोर्नियाको सिमी भ्यालीका २६ वर्षीय निकोलस जोन रोस्के सर्वोच्च अदालतका न्यायाधीशको हत्या गर्ने प्रयास गरेको आरोपमा पक्राउ परेपछि अहिले सम्म हिरासतमै राखिएको छ ।
बयानका क्रममा उनले अमेरिकी मजिस्ट्रेट न्यायाधीश अजमेल क्वेरेशीका प्रश्नहरूको जवाफ दिएका थिए । उनका वकिल एन्ड्रयू सेकेलीले न्यायाधीशलाई आफ्नो ग्राहकले हिरासतमा हुँदा आवश्यक पर्ने चिकित्सा हेरचाह र औषधि प्राप्त गरेकोमा सन्तुष्ट रहेको बताए ।
रोस्केले आकस्मिक अधिकारीहरूलाई दूरभाष(फोन) गरि आत्महत्या गर्ने विचारमा समेत रहेको बताएका थिए । न्यायधिशले उनको अर्को सुनुवाई अगस्त २३ का दिन तोकेका छन भनि एनबिसीवाशिंगटनले समाचार लेखेको छ ।
उक्त व्यक्तिले आफ्नो यानपेटिका (सुटकेस)मा गल्क १७ बन्दुक ,२ वटा थुप्रै गोली हान्न सक्ने बन्दुक ,गोला बारुद ,मरिच सिर्का (स्प्रे ),चक्कु र डोरी आदी समेत समेत पाईएकोले उनलाई गिरफ्तारी गरिएको एफबीआईले जनाएको थियो । साथै हथौडा तथा अन्य सामग्रीहरु समेत ल्याएका थिए ।
उनले प्रहरीलाई उनी क्यालिफोर्नियाबाट “एक विशिष्ट अमेरिकी सर्वोच्च अदालतको न्यायाधीश” मार्नको लागि यात्रा गरेको समेत एफबीआईले दायर गरेको शपथ पत्रमा उल्लेख गरेको छ ।
जुन ८ का दिन मेरिल्याण्डको काभानोको घर नजिकै पक्राउ परेका एक व्यक्तिले बुधबार काभानोलाई मार्ने प्रयास गरेकोमा दोषी नभएको स्वीकार गरे।
मेरील्याण्डमा रहेको एउटा न्यायिक समितिले रोस्केलाई गत हप्ता अभियोग लगाएको थियो भने अभियोगमा अधिकतम आजीवन जेल सजायको लागि सिफारिस गरेको थियो ।
अमेरिकाको वासिङ्टन राज्यको टकोमा शहरमा आयोजित नृत्य समारोह कम्तीमा ८ जनालाई गोली प्रहार
अमेरिकाको सान फ्रान्सिस्कोमा प्रथम कुकुर उत्सव मनाइने
बाल्टिमोरको बानाले दोश्रो अन्तरराज्य भलिवल प्रतियोगिता -२०२२ आयोजना गर्ने घोषणा
अमेरिकाको इलिनोइस राज्यको एक भवनमा ३ जनालाई गोली प्रहार ,बन्दुकधारी अझै फरार
बाइडेन युरोपमा हुने शिखर सम्मेलनको लागि एक हप्ताको लागि प्रस्थान
प्रतिक्रिया