नगरको विकासमा साथ सहयोगको अपेक्षा
विराटनगर, ८ असार(रासस): विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विराटनगरको विकासमा सबै क्षेत्रको साथ सहयोगको अपेक्षा गर्नुभयो ।
आगामी आर्थिक वर्षका लागि बनाउने नगरको वार्षिक बजेटमा सञ्चारकर्मीहरुसँग सुझाव लिन आज आयोजित छलफल कार्यक्रममा उहाँले विराटनगरमा हुने डुबानलाई रोक्न हरसम्भव कार्य गर्ने भन्नु भयो ।
विराटनगरको पश्चिम क्षेत्रमा रहेको केशल्या नदी र पूर्व क्षेत्रमा रहेको सिङ्घीया नदीका कारण नगर क्षेत्र डुबानमा पर्ने गरेको भन्दै नदी नियन्त्रण र बस्ती विकासको काम गर्ने भन्नु भयो ।
उहाँले नगर क्षेत्रमा रहेका सञ्चार क्षेत्रको पूर्वाधार, क्षमता र विकासमा सहयोग गर्ने पनि प्रतिवद्धता व्यक्त्त गर्नुभयो ।
उपप्रमुख शिल्पा निराला कार्कीले नगरको विकास गर्ने तहमा पुगेका हामी जनप्रतिनिधिहरुले जनताको भावना र चाहना अनुसार काम गर्ने जनाउनुभयो ।
राष्ट्रिय समाचार समिति सञ्चालक समितिका सदस्य शङ्कर खरेलले विराटनगरमा हेर्न लायकको ठाउँ निर्माण र पाँच वर्ष अवधि पूरा गरी बाहिरे समयमा ठोस काम गरेको जनतालाई देखाउने हिसाबले काम गर्न सुझाव दिनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घ प्रदेश समितिका सभापति लिलाबल्लभ घिमिरे, महासचिव विवेक गौतम, महासङ्घकै पूर्व अध्यक्ष विक्रम लुइँटेल, उद्घोष दैनिकका प्रधानसम्पादक मोहन भण्डारी, संसदीय पत्रकार मञ्चका संयोजक गणेश लाम्साल, पत्रकार विजयी खतिवडा, बेदराज पौडेल, कौशल निरौला, कुमार लूइँटेल रोहित, मुकेश यादव, श्यामसुन्दर सुतियार र नेपाल पत्रकार महासङ्घ मोरब शाखाका सभापति सञ्जीव भण्डारीलगायतले आगामी बजेटका निम्ति सुझाव दिनुभएको थियो ।
क्यालिफोर्नियामा नेपाली मूलकी होनहार युवती मनसुन पाण्डेको अल्पायुमै निधन
न त मलाई कुर भन्न सके,नत उनलाई अन्तै घरजम गर भन्न सके
बाल्टिमोरमा नेपालीले संचालन गरेको नेपाली सरसामान पाइने थोक व्यवसाय यत्र तत्र सर्वत्र चर्चा
अमेरिकी नेपाली: इँजार चुढिएको सुरुवाल जस्तो
नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव कार्यक्रममा लिइएका तस्बिरहरु – तस्बिर :राजीव श्रेष्ठ
साधारण सभाको लागि रजिस्ट्रेशन गर्ने बारे ..।
अमेरिकामा बिगत २४ घण्टामा कोभिड-१९ बाट १ लाख ८ हजार संक्रमित ,३७७ जनाको मृत्यु
भर्जिनियामा बच्चालाई गाडीमा छोड्दा बच्चाको मृत्यु ,केही घण्टा पछि बाबुले आत्महत्या गरे
अमेरिकाको टेक्ससराज्यमा मानव तस्करीको घटनामा सवारी साधन भित्र ४६ जना आप्रवासी मृत अवस्थामा फेला
अमेरिकी राष्ट्रपति वाइडेनसँग राजदूत खत्रीको अर्थपूर्ण भेट
प्रतिक्रिया