भर्जिनियामा प्रदर्शन हुने ए मेरो हजुर ४ मा नायिक सुहाना थापा तथा निर्देशक झरना थापा दर्शकसंगै चलचित्र हेर्ने
अमेरिकाको भर्जिनिया राज्यको फेयरफ्याक्समा प्रदर्शन हुने ए मेरो हजुर ४ मा नायिका सुहाना थापा तथा निर्देशक झरना थापा दर्शकसंगै चलचित्र हेर्ने भएका छन् । दुवै जना अमेरिकाको भ्रमणमा रहेकोले भर्जिनियावासीहरुसंग संगै चलचित्र हेर्न पाउने भएकोले निकै उत्साहित भएको निर्देशक झरना थापाले ईनेप्लिजलाई बताईन ।
साथै नायिका सुहाना थापाले पनि नेपाली चलचित्रलाई माया गर्ने दर्शकहरुसंग भेटघाट हुन् मौका पाइने भएकोले हर्ष लागेको बताइन । दुवैले सबैले ईनेप्लिज मार्फत चूलो निम्तो समेत दिएका छन् । बिगतमा पनि ए मेरो हजुरलाई माया गर्नु भएकोमा धन्यबाद दिदै अवस्य पनि हामी आगामी आइतबार जुन २६ का दिन हामी दुवै दर्शकहरुसंग भेट्ने प्रतिक्षामा रहेको बताए ।
नेपालमा अत्यधिक सफलता प्राप्त गरेको नेपाली चलचित्र ए मेरो हजुर ४ नेपाली चलचित्र नेपाली अमेरिकन सामुदायिक केन्द्र(न्याक)ले गर्ने भएको छ । चलचित्र भर्जिनिया राज्यको फेयरफ्याक्स स्थित सिनेमा आर्ट्स थेटर नामक चलचित्र मन्दिरमा हुने भएको छ । सँस्थाका अध्यक्ष डा मदन उप्रेतीले पनि सबैलाई चलचित्र हेर्न आउन आह्वान गरेका छन् ।
चलचित्र हेर्न केवल २० डलर मात्र टिकट दर राखिएको छ । जुन २६ आईतबारका दिन प्रथम प्रदर्शन हुने उक्त चलचित्र बारेमा आगामी जुन २३ बिहिबारका दिन राती ८ बजे परोक्ष (जुम मार्फत )नायिका सुहाना थापा ,निर्देशक झरना थापा ,आयोजक सहितको पत्रकार भेटघाट कार्यक्रम समेत राखिएको छ ।
चलचित्रबाट आएको केही आर्थिक लाभ नेपाली अमेरिकन सामुदायिक केन्द्रलाई जानेछ ।
उक्त चलचित्र झरना थापाले निर्देशन गरेकी हुन् भने चलचित्रमा अनमोल केसी र सुहाना थापा रहेका छन् । अनमोल र सुहाना सहित सलोन बस्नेत, सरोज खनाल, रियर राई, रवि गिरी लगायतले यो चलचित्रमा अभिनय गरेका छन् ।
उक्त चलचित्रको टिकट पनि अग्रिम रुपमा खरिद गर्न सकिने छ ।
https://www.xudustore.com/?fbclid=IwAR3dsiiifvGnzkVpEyg7yVQrk6WST_0LFT8THtqsxXQL4cYOjEGL68kgh2A
क्यालिफोर्नियामा नेपाली मूलकी होनहार युवती मनसुन पाण्डेको अल्पायुमै निधन
न त मलाई कुर भन्न सके,नत उनलाई अन्तै घरजम गर भन्न सके
बाल्टिमोरमा नेपालीले संचालन गरेको नेपाली सरसामान पाइने थोक व्यवसाय यत्र तत्र सर्वत्र चर्चा
अमेरिकी नेपाली: इँजार चुढिएको सुरुवाल जस्तो
नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव कार्यक्रममा लिइएका तस्बिरहरु – तस्बिर :राजीव श्रेष्ठ
साधारण सभाको लागि रजिस्ट्रेशन गर्ने बारे ..।
अमेरिकामा बिगत २४ घण्टामा कोभिड-१९ बाट १ लाख ८ हजार संक्रमित ,३७७ जनाको मृत्यु
भर्जिनियामा बच्चालाई गाडीमा छोड्दा बच्चाको मृत्यु ,केही घण्टा पछि बाबुले आत्महत्या गरे
अमेरिकाको टेक्ससराज्यमा मानव तस्करीको घटनामा सवारी साधन भित्र ४६ जना आप्रवासी मृत अवस्थामा फेला
अमेरिकी राष्ट्रपति वाइडेनसँग राजदूत खत्रीको अर्थपूर्ण भेट
प्रतिक्रिया