पेन्सिलभेनियाका प्रधानाचार्यलाई एक विद्यार्थीसँग सहवास गरेको आरोपमा ३० वटा अभियोग
अमेरिकाको पेन्सिलभेनिया राज्यको एक माध्यमिक बिद्यालयका प्रिन्सिपल(प्रधानाचार्य)लाई विद्यार्थीसँग ३० वटा यौन सम्पर्क गरेको अभियोग लगाइएको छ ।
गत सोमबार दायर गरिएको अदालतको कागजात अनुसार विलियमस्पोर्ट क्षेत्रको माध्यमिक बिद्यालयको प्रधानाचार्यको रूपमा सेवा गरेका ३४ वर्षीय रोजर विभर फ्रिडलाई एक विद्यार्थीसँग लामो समयसम्म सम्भोग कायम गरेको आरोप लगाइएको छ ।
जुन विद्यार्थीले माध्यमिक बिद्यालय उत्तीर्ण गरेपछि र महाबिद्यालय (कलेज) पढ्दै गर्दा पनि समागम जारी राखेको मजिस्ट्रेट जिल्ला न्यायाधीशको कार्यालयमा दायर गरिएको कागजातहरू अनुसार उल्लेख गरिएको छ ।
फ्रिडलाई तेश्रो श्रेणीको अपराध ,बिद्यालय-संभोग/विद्यार्थीसँग यौन सम्पर्कको ३० वटा गणनाको आरोप लगाइएको छ । साथै अन्य धेरै आरोपहरू लगाईएका छन् जसमा नाबालिग,१८ बर्ष माथि उमेर तथा दोश्रो श्रेणीको अपराधी यौन दुर्व्यवहार समावेश रहेका छन ।
साथै सहमति बिना दोस्रो श्रेणी अशोभनीय आक्रमण, र ,एक नाबालिगलाई मादक पदार्थ प्रस्तुत गर्ने तीनवटा दुष्कर्म गणनाहरु समेतको अभियोग लगाईएको अदालती कागजातहरू देखाउछ भनि सिएनएनले समाचार लेखेको छ ।
विद्यार्थीले अन्वेषकहरूलाई उनले २०१५ देखि नै फ्रिडलाई सम्पर्क गरेका थिए भनि बताएकी छिन ।
अमेरिकाको वासिङ्टन राज्यको टकोमा शहरमा आयोजित नृत्य समारोह कम्तीमा ८ जनालाई गोली प्रहार
अमेरिकाको सान फ्रान्सिस्कोमा प्रथम कुकुर उत्सव मनाइने
बाल्टिमोरको बानाले दोश्रो अन्तरराज्य भलिवल प्रतियोगिता -२०२२ आयोजना गर्ने घोषणा
अमेरिकाको इलिनोइस राज्यको एक भवनमा ३ जनालाई गोली प्रहार ,बन्दुकधारी अझै फरार
बाइडेन युरोपमा हुने शिखर सम्मेलनको लागि एक हप्ताको लागि प्रस्थान
प्रतिक्रिया