पूर्वी अफगानिस्तानमा बुधबार आएको ५.९ म्याग्निच्युड(परिमाण)को भूकम्पमा परी ९०० भन्दा बढी व्यक्तिको मृत्यु हुनुका साथै सयौं घाइते भएको देशको विपद् व्यवस्थापन प्राधिकरणका एक अधिकारीले बताएका छन् ।
यो एसियाली राष्ट्रमा दशक यता कै सबैभन्दा ठूलो भूकम्प हो ।
संयुक्त राज्य अमेरिकाको भूगर्भ सर्वेक्षणका अनुसार पाकिस्तानसँगको देशको सिमाना नजिक रहेको खोस्ट शहरबाट करिब ४६ किलोमिटर (२८.५ माइल) दक्षिणपश्चिममा बिहान १.२४ बजे भूकम्प गएको हो।
युएसजीएसका अनुसार भूकम्प १० किलोमिटर (६.२ माइल) गहिराइमा अभिलेख गरिएको छ भनि सिएनएनले समाचार लेखेको छ ।
भूकम्पमा परी मृत्यु हुनेको संख्या ९०० भन्दा बढी रहेको र कम्तीमा ६०० जना घाइते भएको विपद् व्यवस्थापन राज्य मन्त्रालयका उपमन्त्री सराफुद्दीन मुस्लेमले बुधबार पत्रकार सम्मेलनमा जानकारी दिए ।
प्रतिक्रिया