मायामी विमानस्थलमा विमान अवतरण दाँते(गियर )खसेपछि ३ जना अस्पताल भर्ना,ठूलो दुर्घटना टर्यो
अमेरिकाको फ्लोरिडा राज्यको मायामी अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक विमान अवतरण दाँते (गियर) खसेपछि ३ जनालाई अस्पताल भर्ना गरिएको छ।
डोमिनिकन रिपब्लिकबाट रेड एयरको उडानको अवतरण दाँते (गियर) मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा खसेपछि तीन जनालाई सामान्य चोटपटकका साथ अस्पतालमा भर्ना गरिएको प्रवक्ता ग्रेग चिनले सिएनएनलाई बताए। ठूलो दुर्घटना हुनबाट बचेको छ ।
उक्त उडान सान्टो डोमिङ्गोबाट साँझ ५ः३० मा आउँदै गर्दा दाँते (गियर) भत्किए पछि आगलागी भएको थियो । चिनका अनुसार विमानमा १२६ यात्रु सवार थिए ।
तीन जनालाई सामान्य चोटपटक लागेपछि अस्पताल लगिएको उनले बताए ।
मियामी-डेड अग्नि नियन्त्रण तथा उद्धार टोलीले विमानमा लागेको आगो नियन्त्रणमा भएको बताए । र चालक दलहरूले इन्धन चुहावटलाई कम गरि रहेको ,उनले भने ।
राष्ट्रिय यातायात सुरक्षा समितिले विमान म्याकडोनेल डगलस एमडी-८२ भएको र बुधबार घटनास्थलमा अनुसन्धानकर्ताहरूको टोली पठाउने बताएको छ।
अमेरिकाको वासिङ्टन राज्यको टकोमा शहरमा आयोजित नृत्य समारोह कम्तीमा ८ जनालाई गोली प्रहार
अमेरिकाको सान फ्रान्सिस्कोमा प्रथम कुकुर उत्सव मनाइने
बाल्टिमोरको बानाले दोश्रो अन्तरराज्य भलिवल प्रतियोगिता -२०२२ आयोजना गर्ने घोषणा
अमेरिकाको इलिनोइस राज्यको एक भवनमा ३ जनालाई गोली प्रहार ,बन्दुकधारी अझै फरार
बाइडेन युरोपमा हुने शिखर सम्मेलनको लागि एक हप्ताको लागि प्रस्थान
प्रतिक्रिया