कुन्ती मोक्तान र शिला बहादुर मोक्तानलाई इनास अमेरिकाको बिशेष सम्मान
बाल्टिमोर, अमेरिका । बरिष्ठ गायिका कुन्ती मोक्तान र बरिष्ठ संगीतकार शिला बहादुर मोक्तानलाई इनास अमेरिकाले उहाँहरुको साङितिक योगदानको उच्च कदर गर्दै इनास अमेरिकाको मानार्थ सदस्यता प्रदान् गर्दै बिशेष सम्मान् गरेको हो ।
उक्त अवसरमा इनास अमेरिकाका क्षेत्रीय संयोजक आनन्दु लामा थिङले, शिला बहादुर मोक्तान र कुन्ती मोक्तानलाई खादा लगाई सम्मान् पत्रको बारेमा पढेर सुनाउनु भएको थियो भने इनास जि सि आर. कृष्ण श्रेष्ठले दुबैलाई पुष्प गुच्छा प्रदान् गर्नु भएको थियो । र ,इनास अमेरिका राष्ट्रीय समितिका अध्यक्ष कन्हैया सिंह परियारले कुन्ती मोक्तान र शिला बहादुर मोक्तानलाई बिशेष सम्मान पत्र प्रदान् गर्नु भएको थियो ।
नमस्ते इभेन्टको आयोजना सम्पन्न भएको उक्त कार्यक्रमलाई एन आर एन ए मेरिलेण्ड च्याप्टर र इनास मेरिलेण्ड च्याप्टरले सहयोगिको भुमिका निभाएका थिए भने कार्यक्रमलाई सफल बनाउन कार्यक्रम संयोजक , राहुल के. सी. रमेश श्रेष्ठ र लक्ष्मण पौडेलको बिशेष भूमिका रहेको थियो ।
नेपाली समूदायको बाक्लो सहभागिता रहनु साथ- साथै नेपाली स्थापित कलाकारहरु रतन सुबेदी, दिनेश कार्की, सन्जिप प्रधान, शरिष्मा आमात्य, अन्जना गुरुङ, अनुसुया श्रेष्ठ ओन्त, आभा मुकारुङ, याम क्षेत्री, कल्पना देबकोटा पौडेल, श्याम गुरुङ लगायतका कलाकारहरुको बाक्लो सहभागिता रहेको थियो ।
अमेरिकाको वासिङ्टन राज्यको टकोमा शहरमा आयोजित नृत्य समारोह कम्तीमा ८ जनालाई गोली प्रहार
अमेरिकाको सान फ्रान्सिस्कोमा प्रथम कुकुर उत्सव मनाइने
बाल्टिमोरको बानाले दोश्रो अन्तरराज्य भलिवल प्रतियोगिता -२०२२ आयोजना गर्ने घोषणा
अमेरिकाको इलिनोइस राज्यको एक भवनमा ३ जनालाई गोली प्रहार ,बन्दुकधारी अझै फरार
बाइडेन युरोपमा हुने शिखर सम्मेलनको लागि एक हप्ताको लागि प्रस्थान
प्रतिक्रिया