दमौलीमा प्रहरीको डरलाग्दो नमुना अभ्यास तालिम, मान्छेहरुको रुवाबासी (भिडियो

इनेप्लिज २०७९ असार ६ गते ९:५७ मा प्रकाशित

दमोली बजारको अनसन चौतारी खुल्ला चौरमा मानिसको हुल रुदै कराउदै आउँछन् । भुकम्प आयो घरतत्कीयोे, घर भित्र मान्छे पुरीएको भन्दै रुदै आउँछन् । पछि प्रहरीको भ्यान सहित केही प्रहरी तत्काल आउछन् र घटनाबारे बुझ्छन् । लगतै नजिकै रहेको छाप्रोमा ठूलो आगोलागी हुन्छ । दमकल आउँछ आगो निभाउँछ । भत्कीएको घरबाट घाईते मानिसलाई प्रहरीले उद्दार गर्छ ।

यो सबै दृश्य बिपद व्यवस्थापनको लागी नेपाली सेना, नेपाल प्रहरीले गरेको पुर्व अभ्यास तालिम हो । यसमा संकेतिक रुपमा भुकम्प, आगोलागी जस्ता बिपत्तीहरु देखाईएको छ । यस्ता प्राकृतिक बिपद पर्दा कसरी उद्दार गर्नेबारे दिईएको तालिमको भिडियो हो । केबल यो संकेतिक हो । दमौली बजारमा यसको पूर्व अभ्यास गरिएको थियो । हेर्नुहोस् भिडियो ।

प्रतिक्रिया