पोखरामा पहिला काम गरेकै कम्पनीमा चोरि गर्ने युवक प्रहरीको एम्बुसमा परेपछि भिडियो सहीत

इनेप्लिज २०७९ असार ६ गते २:२५ मा प्रकाशित

पोखरा १४ विपिमार्गमा रहेको चुलो सेवा प्रालिमा चोरी गरेको आरोपमा वडा प्रहरी कार्यालय रामबजारबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले यूवकलाई आज दिउसो २ बजे एम्बुसमा पारेको छ पक्राउ गरेको हो । पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नम्बर २१ निर्मलपोखरी बस्ने २१ वर्षीय अजित विक रहेका छन् ।

विकको साथबाट तीन लाख ६२ हजार ३८० रुपैयाँ र एक थान मोबाइल सेट बरामद भएको भएपनि उनीमाथि सात लाख २५ हजार ३५० रुपैयाँ नगद र केही भारु चोरी गरेको आरोप लागेको कास्की प्रहरीका निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिएका छन् ।

चुलो सेवा प्रालिमा लेखापालको काम गरेका विकले दुई महिना अघि मात्र जागिर छोडेका थिए । उनले चुलो सेवा प्रालिमा चोरेको स्वीकार गरेको र थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ । भिडियो सहीत

प्रतिक्रिया