इन्द्र लामिछाने र शिवाकोटीको सहकार्यमा तयार भयो मानव जीवन बोलको भजन
काठमाडौँ । गायक इन्द्र लामिछानेको स्वर रहेको मानव जीवन बोलको भजन सार्वजनिक गरिएको छ । लोकप्रिय गायक तथा संगीतकार किशोर शिवाकोटीको शब्द शृजना तथा संगीत रहेको गीतमा कुमार थापाको एरेन्ज रहेको छ । जसमा मिक्स तथा मास्टरिगं किशोर थापाको रहृको छ ।
सार्वजनिक भिडियोमा पछिल्लो समय बढ्दो आधुनिकता, व्यस्त जीवन शैली र फेरिँदो रहनसहनकाबिच छोरा छोरी र बुहारीले बाबु आमालाई हेर्ने नजर फेरिएका कतिपय नराम्रा घटनाहरुलाई समेटेर गायक लामिछानेले तयार पारेको मानव जीवन बोलको भजनमा बाबु आमालाई बोझका रुपमा हेर्दै बुहारी र पत्निको नराम्रो कुरा सुनेर बृद्धा आश्रममा लग्ने बढ्दो प्रचलनलाई भिडियोमा मार्मिक तरिकाले देखाइएको छ ।
किरण चाम्लिगं राईको निर्देशन रहेको भिडियोमा बरिष्ठ कलाकार हरिहर शर्माको अभिनयले जीवन भरेको देखिन्छ । भिडियोमा हरिहर शर्माका अलावा दिनेश कोइराला र रमा खड्काको अभिनय रहेको छ । गायक स्वयमकै अफिसियल युट्युब च्यानल लामिछाने ब्रदर्स इन्टरटेनमेन्टबाट बजारमा आएको हो । हेर्नुहोस् यो मर्मस्पर्शी भिडियो
अमेरिकाको वासिङ्टन राज्यको टकोमा शहरमा आयोजित नृत्य समारोह कम्तीमा ८ जनालाई गोली प्रहार
अमेरिकाको सान फ्रान्सिस्कोमा प्रथम कुकुर उत्सव मनाइने
बाल्टिमोरको बानाले दोश्रो अन्तरराज्य भलिवल प्रतियोगिता -२०२२ आयोजना गर्ने घोषणा
अमेरिकाको इलिनोइस राज्यको एक भवनमा ३ जनालाई गोली प्रहार ,बन्दुकधारी अझै फरार
बाइडेन युरोपमा हुने शिखर सम्मेलनको लागि एक हप्ताको लागि प्रस्थान
प्रतिक्रिया