आइतबार, असार १२ २०७९
काठमाडौं २३:०२
वासिङटन डिसी 13:17

घर जग्गा बेचेर मैले…………..

 गोबिन्द राज ओझा (राजन)      २०७९ असार ५ गते २:३२ मा प्रकाशित

घर जग्गा सबै बेचेर मैले परदेश जानुपर्यो

यो दिलमा तिम्रो फोटो राखेर जानुपर्यो

साहुको ऋण तिर्न नसकेर बिदेश जानुपर्यो

आमाबुवा ,श्रीमति छोडेर जान मनले कहाँ मान्थ्यो र

आमाबुवा, परिवारको दु:ख देख्न नसकेर परदेश जानुपर्यो

परदेशको जागिर परिवार भन्दा टाढा मन कसरि बुझ्ने होला

गरिबि जिबन दु:खै दु:खमा बित्यो सुख कहाँ पाएला र

पैशा कमाएर घर बनाउने सपना कहिले पुरा होला र

तिम्रो माया दिलमा बोकि बाचेको छु परदेशमा

आफ्नो गाउँ , छरछिमेकि सम्झेर बाचेको छु बिदेशमा

 गोबिन्द राज ओझा (राजन)

 दिपायल सिलगढी न.पा. २ दिपायल डोटी

प्रतिक्रिया