देवेन्द्र सञ्ज्याल ,अछाम
३,अषाढ
नेपालको चितवन घर भै हाल कतारलाई कर्मथलो बनाउनु भएकी एक साहसी, निडर समाजसेवी सहयोगीको नाम हो रोज थापा। “सम्पूर्ण मानव एक पात्र बनाऊ ” भन्ने भनाईलाई मुलमन्त्र बनाएकी थापा विगत लामो समय देखी आफ्नो कमाईको अधिकांश रकम गरिव, दुखी, विपन्न, असहाय वर्गलाई सहयोग गर्दै आई रहनु भएको छ भने विकट ग्रामीण क्षेत्रको शिक्षा, स्वास्थ्य, खानेपानी, मठमन्दिर लगायतका पुर्वाधार निर्माणमा समेत योगदान पुर्याउदै आउनु भएको छ।
गत २ महिनाको अवधिमा मात्रै करिब तिन लाख साठी हजार सहयोग गरिसक्नु भएको छ।
यस अघिको सहयोग व्यक्तिगत रुपमा भए पनी अब देखी संस्थागत तवरले गर्ने भन्दै रोज हेल्पिङ्ग ह्याण्ड गरेकी थापाले घर परीवार तथा व्यक्तिगत जिवनका बाबजूद पनी ७७ वटै जिल्लामा सहयोग पुर्याउने बताउनु भएको छ। हाल सम्म वहाँको सहयोग ७३ जिल्लामा पुगी सकेको छ
प्रतिक्रिया