तनहुँमा फेरी बाघले मान्छे खायो, जंगलमा शब फेला, एक हप्तामै ३ जनामाथी आक्रमण ( स्थलगत रिपोर्टिङ )

इनेप्लिज २०७९ असार २ गते १०:०२ मा प्रकाशित

तनहुँ जिल्लामा फेरि मान्छे खाने बाघ (चितुवा)को आक्रमण बढ्न थालेको छ । बन्दिपुर गाउँपालिका वडा नं. १ का ५ बर्षिय सुप्रिम बगाले मगरलाई चितुवाले ज्यान लिएपछि स्थानीयहरु त्रसित बनेका छन् । घर नजिकै खेलिरहेका सुप्रिमलाई छिमेकी महिलाकै हातबाट खोसेर लगेको प्रत्यक्षदर्शी बताउँछन् । दिउसो करिब ४ बजे तिर चितुवाले आक्रमण गरेको र उनको शब घर भन्दा करिब दुईसय मिटर माथि जंगलमा फेला परेको थियो । मृतकको शरिरमा धेरै घाउ देखिएको स्थानीयले बताएका छन् । बिगत केही दिन दिेखी चितुवा देखिन थालेको र गाउँकै अन्य २ जनालाई पनि आक्रमण गरेर घाईते बनाएको थियो । अन्य घाईतेहरुको उपचार भईरहेको छ । हेर्नुहोस् स्थलगत रिपोर्ट ।

प्रतिक्रिया