तिमि छौ र यो जिन्दगिमा…………………

गोबिन्द राज ओझा (राजन)      २०७९ असार २ गते १:१० मा प्रकाशित

तिमि छौ र यो जिन्दगिमा खुसियालि छाएको छ

यो दिलमा तिमिलाई सधैभरिको लागि  प्यार छ

खोजिरहेछु तिम्रो मायामा सारा खुसिहरु मैले

तिम्रो साथमा यो जिन्दगि खुसि साथ जिउछु मैले

मेरो मनको भावनाले तिमिले बुझ्नेछौ

मेरो दिलको चाहनामा तिमि रहनेछौ

तिमिले बोलायौ तिम्रो घरमा म आए

थाम्न नसकि दिलको सबै कुरा भनिदिए

यि मेरा नजरमा राखेर तिमिलाई हेरिरहु

के भनौ र मैले मेरो मनबाट तिमिलाई रोजिरहे

गोबिन्द राज ओझा (राजन)

 दिपायल सिलगढी न.पा. २ दिपायल डोटी

प्रतिक्रिया