देउवाजी अमेरिका आउँदै हुनहुन्छ, हाम्रा केही जिज्ञासा छन्

सुशील नेपाल २०७९ जेठ ३० गते ९:३३ मा प्रकाशित

आगामी हफ्ता शेरबहादुरजी अमेरिका आउंदै हुनुहुन्छ भन्दा हाम्रा विगतका राष्ट्र प्रमुखहरूको भ्रमणका भिडियोहरू यता फाट्ट फुट्ट अपलोड हुन थालेका छन् । दुइ वर्ष पहिले कोरोना आऊनुअघि एउटा भ्रमण ओलीबाट वेलायतको १० डाऊनिंड्ग स्ट्रीटको भएको भिडियो पनि हेरिएको थियो,त्यसमा हाम्रा प्रधानमंत्रीको अपेक्षित स्वागत भएको हामीले महशुस गरेनौं ।

हामी त राजा महेन्द्रको लिंडन वीन जोन्सनले गरेको सम्मानको अपेक्षा हाम्रो राष्ट्रप्रमुखको आसन्न भ्रमणबाट गरेर बसेका छौं ।

राजा महेंन्द्रको भ्रमण ताका ईन्डो पेसेफिक चटारो बीच अमेरिकालाइ नेपालको नैतिक सहयोग चाहिएको थियो र हाम्रा कुटनीतिमा कुशल खेलाडी राजा महेन्द्रले अमेरिकाको लागि ईजराइलको नीतिमा उसको अनुकूल राष्ट्रसंघमा मतदान गरेर उनीहरूको मन जितेका थिए।

उतिबेलाको नेपालको परिस्थिति बेग्लै थियो,अहिलेको जस्ता ४ क्लास पढेकाले देश चलाएका थिएनन् । राजा महेन्द् सित कुटनीतिका महारथीहरूको टिम हुने गर्थ्यो । वजनदार बोली भएका भव्य व्यक्तित्व्व पद्म वहादुर खत्री, ऋषिकेश शाह जस्ता अग्रेंजी भाषामा पकड भएकाहरूको साथ हुनेगर्थ्यो । आर्थिक मामलामा विज्ञहरू संगै हुन्थे । भेषबहादुर थापा जस्ता महारथी थिए जस्ले कांचै उमेरमा क्यापिटलहीलको कोरिडरमा नेपालमा चिन्हिने एकमात्र कुटनैतिक विज्ञको रूपमाआफूलाइ स्थापित गराएका थिए ।

हो ,देउवाजी यसपाली आऊंदा त्यस्तै विज्ञहरूको पहिचान गरेर आफूसंगै लिंदै आऊंनु होला । तर समस्या के छ भनें नेपालमा वुद्धिजीवि र विज्ञहरू त्यहांको फोहरी राजनैतिक दाऊपेंचमा पर्नु भन्दा घरै बसेर ,अध्ययन गरेर शान्त जीवन विताऊन चाहन्छन् ।विमति जनाउंन पनि समकक्ष ज्ञानभएकाहरू संग मनलाग्छ । मूर्खहरूसंग न त तर्क गर्न मनलाग्छ, न त ज्ञान नै दिने चाहना हुन्छ ।

देउवाजीसंग त यथेष्ट म्यानडेट पनि देखिंदैन । अमेरिकीहरु आफ्नो फाईदा हेर्ने मा खप्पीस मानिन्छन् । चीननसंगको अमेरिकाको डरलाग्दोगरि बिग्रेको सम्वन्ध छ,ताईवानमा चीनले कुन दिन हमला गर्ने हो, घडी पलाका कुरा मात्र हो । हिन्द चीन कोरिडरमा अमेरिकाले सवैलाइ चिड्यांईसकेको छ, ववुरो नेपाललाइ थाग्नामा सुताउने दाऊमा अमेरिका हुनसक्छ । भन्दाखेरी, आफूचनाखो भएर कुटनीतिको गोटी सही तरिकाले चलाउंन सके नेपाललाइ फाइदै पनि हुनसक्छ, तर देउवाको टिममा त्यस्ता गतिला खेलाडी खोई ?

देउवाको भाग्यले साथ नदिएकै मानिन्छ,अचेल सामाजिक संजालले गर्दा राजनैतिक खेलाडीको कुनै पनि चाल लुकाएर लुकाऊंन सकिंदैन । लुम्विनीमा मोदीले हात समाएर उठाएको या लुतुतुतु ऱ्याल काडेको दृश्यको हामीले यसपाली अपेक्षा गरेका छैनौं । त्यस्मा देउवाको कुनैगल्ती छैन् । भाइ पनि विरामी रहेछन् र साथै श्रीमतीले जथाभावी भाषण गरेर आधिकारिक प्रवक्ताजस्तै गरि देउवालाइ नै उछिनेर निर्णयहरू गर्दा ,देउवाजी लाइ मानसिक तनाव पनि भएको हुनसक्छ, । तर यसपाली यस्तो नहोस !

मिल्छ भनें श्रीमतीलाइ नलिइ आऊंनु भए राम्रो । उहांको को अति महत्वाकांक्षी स्वभाव रहेछ, त्यस्को उल्टो प्रभाव पर्न सक्छ ।

नेपालमा राजदुतहरू पनि पैसा दिएर पद किन्दछन् भन्ने हल्ला यता व्यापक छ,।आऊंनेहरूको टिममा जानकार विज्ञहरू लिंदै आऊंनु होला ।

राम्रा विज्ञहरू घरमा करेसावारी गरेर वसेका छन्,फकाएर फुल्याएर लिंदै आऊंनु होला । रमेशनाथ पाण्डे कुटनीतिका जानकार खेलाडी हुन् । जुनसुकै पार्टिका भए पनि नेपाली त हुन , लिंदै आए कमसे कम कुरा वुझेर तपाईलाइ वुझाई दिन्छन्।

अहिले युक्रेनको युद्धमा भारत र चीन दुवैले अमेरिकालाइ ससंकित बनाएको छ।सानै भए पनिभौगोलिक सापिप्यताले गर्दा नेपाल यो क्षेत्रमा अमेरिकाको गतिलो साझेदार हुनसक्छ,।तर नेपालले अपरह्याण्ड हुनसक्नु पर्छ ।

देउवाजीको अस्पष्ट वोली, तुनक मिजाज र श्रीमतीको अनपेक्षित दवावले नेपाललाइ फेरि लज्जितहुनुपर्ला कि भनेर हामी अमेरिकामा बसेका नेपालीहरू डराएका मात्र हौं ।

लौ यसपाली प्रमाणित गर्नुहोस कि हामीले सोचे भन्दा तपाई धेरै गतिलो राष्ट्रप्रमुख हुनुहुन्छ !

६/१२/२२

राजमित्र प्रांगण

माल्डेन,बोष्टन,

अमेरिका

सुशील नेपाल

लेखक /साहित्यकार

प्रतिक्रिया