जेलेन्स्कीद्वारा अभिनेता शन पेनको गैर-मुनाफा सँस्था कोरको वार्षिक हलिउड कोष वृद्धि समारोहमा सम्बोधन

इनेप्लिज २०७९ जेठ ३० गते ०:२३ मा प्रकाशित

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले गत शनिबार राति अभिनेता शन पेनको गैर-मुनाफा सामुदायिक सँस्था रिलिफ एफर्ट (कोर ) को लागि वार्षिक हलिउड कोष वृद्धि कार्यक्रम लाई सम्बोधन गरे ।

उक्त सम्बोधनमा उनले मानिसहरूलाई युक्रेनलाई रूस विरुद्धको युद्धमा समर्थन गर्न जारी राख्न आग्रह गरे ।

उनले भने “युक्रेनले भोगिरहेको त्रासको बारेमा तपाईहरु सबैले सुन्नु भएको छ। लाखौ मानिसहरु विस्फोट र गोलीकाण्डमा परेका छन्, लाखौ मानिसहरु घाइते भएका र मारिएका छन् ,लाखौले आफ्नो घर गुमाएका छन्,” जेलेन्स्कीले आफ्नो परोक्ष अङ्किय दृश्य (भर्चुअल )भाषणमा भने।

“यी सबै एक डरलाग्दो चलचित्रको लागि होइन। यी सबै हाम्रो वास्तविकता हो।”

जेलेन्स्कीको अङ्किय दृश्य (भिडियो) सन्देशमा युक्रेनका घरहरू र आवासगृहहरूमा क्षेप्यास्त्रहरू प्रहार भएको, युक्रेनी सहरका सडकहरूमा मारिएका नागरिकहरू र बम विस्फोट भवनहरूको पृष्ठभूमिमा उद्यानहरूमा खेलिरहेका बालबालिकाहरू देखाइएको चित्रहरु समावेश गरिएको थियो ।

लस एन्जलसको हलिउड प्यालेडियममा आयोजित कोर फन्डरेजर(कोष वृद्धि समारोह )मा भाग लिनेहरूमा पेन र कोरका सह-संस्थापक एन ली, पूर्व राष्ट्रपति बिल क्लिन्टन, लस एन्जलसका नगर प्रमुख एरिक गार्सेट्टी, गायक जोन लेजेन्ड, र अभिनेता प्याट्रिक स्टीवर्ट र शेरोन स्टोन थिए।

कोरले २.५ मिलियन अर्थात् २५ लाख डलर उठाएको छ भने त्यो सहयोग युक्रेनमा जाने आयोजकले बताए ।

उनले युक्रेनलाई निरन्तर सहयोग गरेकोमा पेन र उनको समूहलाई धन्यवाद दिए।

“हामीले लगातार १०७ दिनदेखि यसको प्रतिरोध गरिरहेका छौं,” जेलेन्स्कीले युक्रेनमा रुसको आक्रमणको बारेमा भने।

“हामी यसलाई सँगै रोक्न सक्छौं। युक्रेनलाई समर्थन गर्नुहोस्, किनभने युक्रेन सारा संसार, लोकतन्त्र, स्वतन्त्रता, जीवनको लागि लडिरहेको छ।”

प्रतिक्रिया