युक्रेन युद्धमा ३२,००० रुसी सैनिकहरु मारिएको जेलेन्स्कीको दाबी

इनेप्लिज २०७९ जेठ २९ गते २०:१८ मा प्रकाशित

युक्रेन युद्धमा ३२,००० रुसी सैनिकहरु मारिएको जेलेन्स्कीले दाबी गरेको अलजजिरा युएसएसले आफ्नो समाचारमा उल्लेख गरेको छ ।

राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सेभेरोडोनेत्स्कमा भयंकर सडक लडाईहरू जारी रहेको बताए । हप्तौंसम्म रूसी सेनालाई अगाडी बढ्न नदिएको युक्रेनी रक्षकहरू प्रति उनले गर्व गरेको बताए ।

उनले फेब्रुअरी २४ देखि युद्ध सुरु भएदेखि रुसीहरूले ठूलो क्षति बेहोरेको जनाएका छन् ।

“के तपाईलाई याद छ कि कसरी रूसले मे को शुरुमा सम्पूर्ण डोनबास कब्जा गर्ने आशा गरेको थियो ? यो अब युद्धको १०८ औं दिन हो … डोनबास युद्ध जारी छ। यस क्षेत्र लगायत कब्जाकर्ताहरूले भोग्नुपरेको नोक्सान अत्यन्त महत्त्वपूर्ण छ।

रूसी सेना आज सम्म लगभग ३२,००० (बत्तीस हजार ) मारिएको बताए । उनको शब्दमा ३२,००० हजार मृत आत्माहरु भनि उल्लेख गरेका छन् । उनले युद्ध बारेमा युद्ध के को लागि ? यसले तिमी -रूसले के पायो ?” भनि सम्बोधन गरेका छन् ।

प्रतिक्रिया