न त मलाई कुर भन्न सके,नत उनलाई अन्तै घरजम गर भन्न सके

नबिन बि.क चीन( हाल अमेरिका) २०७९ जेठ २९ गते १४:४१ मा प्रकाशित

बिहानै साथी प्रदीपलाई छोड्न गोन्जाउ अन्तराष्ट्रिय एयरपोर्ट जानु थियो, उसको बिहान ११ बजेको उडान थियो ९ बजे सम्म एयरपोर्टपुग्नु पर्थ्यो तर हामी ८ः३० बजे नै पुग्यौ। साथीले चेकईन गरी बोर्डिङपास लिएर भित्र गएसी म फर्किन मात्रै के लागेको थिए एक जनानेपाली जस्तो देखीनी युवती चाईनिज पुलिसहरु संग आफ्नो समस्या राख्दै थिई ।

तर चाईनिज प्रहरी उसको कुरा प्रष्ट संग बुझ्नसकिरहेका थिएनन। म चीनमा बस्नी भएको हुदा मलाई भाषाको कुनै समस्या थिएन। सुबिना शर्मा घर पुर्बको सुन्दर नगर ईलाम रैछ, गोन्जाउ हुदै अष्ट्र्लिया जान लागेकी रहिछ तर ट्रान्जिटमा उस्को पासपोर्ट र पैसाको ब्याग हराएछ। मैले सबै कुरा प्रहरीलाई भने, नेपालीबाणिज्य दुताबासमा पनि तुरुन्तै खबर गरिदिए , उहाँहरुले पनि सक्दो सहयोग गर्ने बचन दिनुभयो, एयरपोर्टको प्रहरीले पनि भित्र खोज्नमान्छे पठायो।

“मलाई जहिले उ संग सुत्नै हतार हुन्थ्यो, म उ संग कहिल्यै मायाको कुरा गर्दिनथे, खानी पिउने र रमाउने केवल मेरो सिद्दान्त थियो”

सुबिना आँखाभरी आँसु पार्दै रुन थाली, अष्ट्रेलिया गएर उच्च शिक्षा हासिल गर्ने कत्रो सपना थियो तर उनको सपनाचीनको गोन्जाउमै तुहिएला जस्तो थियो। मैले उनलाई ढाडस दिदै थिए , जसरी भए पनि उनलाई यो मुस्किलबाट निकालेर अष्ट्रेलियापठाई छाडने मैले भरोसा दिलाएको थिए । लगभग एक घन्टा पछि प्रहरीले पासपोर्ट भेट्टाएर ल्याईदियो तर पैसाको ब्याग चै पाईएन ।मैले गोजामा भएको $ ७०० हातमा थमाएर बिदाई गरे , उ बोर्डिङको गेटमा पुगि सकेकी थिई तर के बिर्सिछ क्यारे हस्याङ र फस्याङ गर्दैफेरी फर्केर आई र ग्वार्लम्मै अंगालो हालेर थ्याङ्कु भनी र आफ्नो फेसबुको आईडी र नेपाली भाईबर नम्बर दिएर हात हल्लाउदै भित्र छिरी।

उ अष्ट्रेल्यामा हुदा हामी मेसेन्जरबाट कुराकानी गरिरहन्थ्यौ, यसरी कुरा गरिरहदा धेरै नजिकी सकेका थियौ, गहिरो आत्मियता गाँसिएकोथियो, सुबिना गहुँ गोरी, नेपाली हाईट, सोझी, सुन्दरताको कुरा गर्ने हो भनी औसत भन्दा माथी नै थिई । उसको र मेरो उमेरको फरकठ्याक्कै १५ बर्षको। उमेरको ग्यापले पनि होला कति ठाउमा हाम्रो बिचार मिल्दैनथ्यो तर पनि दुबैले एडजस्ट गर्थ्यौ। यतिन्जेल सम्म मैलेउ प्रति कुनै नकारात्मक सोचाई पनि राखेको थिईन, केवल एउटा साथीको रुपमा हेरको थिए ।

समय पनि कति छिटो बितेको, नेपाल जानी दिन आईसकेछ, सुबिना अष्ट्रेलियाबाट उडी चीनकै गोन्जाउ शहरको ट्रान्जीट पारेर, म पनित्यै फ्लाईटमा जाने गरेर रुट मिलाए, उसको छेउमा एउटा अधबैसे खैरेनी बसेकी रहिछ, मैले हामी साथी हौ, हामी संगै बस्न चाहन्छौप्लिज तपाई र मेरो सिट साटौ न भन्दा सजिलै छोडिदिई, अनि सुबिना र म मज्जा संग गफिदै काठमांडौको यात्रा पुरा गर्यौ।

उस्ले २ दिन काठमाडौ मै बसेर पर्सिपल्ट मात्रै ईलाम जानी प्रोग्राम बनाएकी रहिछ, त्यो दिन हामी संगै एउटै होटलमा बस्ने सल्लाह भएकोथियो तर रुम पनि एउटै हुनेछ भनेर मैले सोचेको पनि थिईन। आगोको छेउमा घ्यु राखेसी पग्लिन्छ भन्थे हो रैछ तर को चाहि आगो थियो रको चै घ्यु त्यो मलाई थाहा भएन तर हामी दुबैजना पग्लियौ।मैले चीनमा गरेको त्यो सानो सहयोग र सदासयताको उनले आफ्नोकुमारीत्व चढाएर मलाई धन्यबाद दिएको अनुभुति गरे।

सुबिना संग २ दिन दुई घन्टा जसरी बित्यो, अनि उ ईलाम तिर लागी र म चै एनआरएनको अधिबेशन तिर, दुईहप्ता पछि म चीन फर्किए, उ चै तिहार पनि मनाएर बल्ल अष्ट्रेलिया फर्किने कुरा भयो। हामी यसरी नै समय बिताउदै थियौ, खासै कुरा हुन्थेन , महिनामा २-३ चोटीमात्रै मेसेन्जरमा च्याट हुन्थ्यो कहिलेकाही मात्रै भ्वाईस कल हुन्थ्यो। न उसले आईलभयु भनी, न मैले, तर पनि हामी दुईको बिचमागजबको आत्मियता थियो।

“कहिले उसलाई फेसबुकमा ब्लक गरिदिन्थे, कहिले भाईबरमा, कहिले व्हाट्सअपमा, उसले चाहेको र चाहिएको बेलामा मलाईकहिल्यै पाउन सकिन तर जब म चाहन्थे वा चाहिन्थ्यो उ सधै उपलब्ध हुन्थी”

सायद म बिबाहित भनेरै होला उसले मलाई त्यसरी प्रपोज नगरेकी, न मैले नै गर्न सके, हामी कम्पास बिनाकोमायाको जहाजमा सवार थियौ, कुनै गन्तब्य थिएन, कहा पुग्छौ र कहा ल्यान्ड हुन्छौ हामीलाई नै थाहा थिएन , तर पनि हामी केबलउडीरहेको थियौ एउटा गन्तब्य हिन हवसको जहाजमा।

मैले उसलाई मनै देखी मन पराउथेकी पराउदैनथे त्यो मलाई थाहा छैन, माया थियो की हवस त्यो पनि मलाई थाहा छैन तर मलाई एउटाकुरा चै थाहा थियो उसले मलाई असाध्यै माया गर्थी , मनै देखी माया गर्थी। हामी बिचमा धेरै चोटी भेट्यौ, मलाई जहिले उ संग सुत्नैहतार हुन्थ्यो, म उ संग कहिल्यै मायाको कुरा गर्दिनथे, खानी पिउने र रमाउने केवल मेरो सिद्दान्त थियो। उ चै बेलाबेलामा भाबुक हुन्थी, मैले मायाको कुरा गर्दिए हुन्थ्यो भनेर सोच्थी, एक न एक दिन म पनि उसको मायामा चुर्लुम्म डुब्छु भन्ने उसलाई भरोसा थियो।

उ अष्ट्रेलियाबाट पढाई सकेर नेपाल फर्कीसकी तर पनि मेरो मन उ प्रति फर्किसकेको थिएन । म उसलाई माया त गर्थे तर केवल प्रेमिकाकोरुपमा,एउटा नजिकको आत्मिय साथीको रुपमा तर फ्युचर वाईफको रुपमा होईन। म उसलाई मेरो पुर्ब प्रेमिकाहरु र मेरो अन्तरंगकोबारेमा पुरै सुनाउथे, किनकी म चाहान्थे उ म बाटटाढा रहोस वा म संग बिहे नै गर्ने गरेर मलाई माया नगरोस। तर पनि उसले ती सबै कुरा प्रवाह नगरी मलाई निरन्तर माया गरिरही। मैलेअरु केटीको कुरा गर्दा उसलाई पनि मनमा चोट त पुग्दोहोलानी तर पनि उ दबाएर मायाको पेनकिलर खाएरै आफ्नो पिडा दबाउथी।जुनकुरा मैले प्रत्यक्ष महशुस गरेर पनी , थाहा नपाएको झै गर्दथे।

म चाहन्थे उसको राम्रो ठाउमा घरजम होस । उसको १००% हकवाला पति होस । उसको जीबन राम्रै कटोस भनेर सोच्दथे, म चाहदिनथे कि उसले सधै लुकेर माया गर्नु पर्ने र हिडनु पर्ने म जस्तोको साथमा सधै नाजायज सम्बन्धमा बसोस।उ समाजमा हिडदा ईजज्तको साथ छाति चौडा गरेर, घाँटीमा मंगलसुत्र भिरेर हिडोस भन्ने मेरा चाहना तर उ नजादिदो किसिमले ख्यालख्यालैमा म संग प्रेम गर्न थालेकी थिई ।

म नै उसको पहिलो प्रेम थिए, उसको तन मन शिर देखी पाउ सम्म कसले चुमेको थियो त केवल मैले थिए ,उसको कलिलो मनमा मैले गहिरो मायाको छाप हानेको थिए । उसले मलाई नै संसार मानेकी थिई। तर म चै बहकिन हुदैन भनेर अलि कठोर नै बन्ने गर्थे, उसलाई बचन र ब्यबहारले धेरै चोट पुर्याउथे , म चहान्थेकी उ मलाई घृणा गरोस, म बाट टाढा रहोस तर पनी उ मेरो बचन सहेर, मैलेदिएका चोट सहेर चुपचाप रुदै मलाई माया गरिरहि।

मैले भने कहिले उसलाई फेसबुकमा ब्लक गरिदिन्थे, कहिले भाईबरमा, कहिले व्हाट्सअपमा, उसले चाहेको र चाहिएको बेलामा मलाई कहिल्यै पाउन सकिन तर जब म चाहन्थे वा चाहिन्थ्यो उ सधै उपलब्ध हुन्थी। मसंसारको मानिस संग मात्रै हैन, भुत प्रेतसंग पनी नडराउने मान्छे उसको पागल पन देखेर मलाई खुब डर लाग्थ्यो। भन्छननी , त्यो माया केमाया जसमा पागल पन नहोस। त्यस्तै थियो उसको माया।

“ब्लक ठोकेर, फेसबुक, भाईबर, व्हाट्सअप र टिकटोकमा मात्रै पो नआउने रहिछन, मन र मष्तिष्कमा त झन धेरै आउने रहिछन”

चीनमा हुदा नेपाल गईरहन्थे तर अहिले अमेरिका आएदेखी २ बर्ष भयो भेट नभएको? यो दुई बर्ष पनि उ संग लड्दै र झगडदैमा गयो। तरपनि उसको माया र तपस्यामा कुमै कमी आएको थिएन। साँचो मनले मागेमा मनोकामना ढिलोचाडो अवस्य पुरा हुन्छ रे, उसको निरन्तरसाधनाले म पग्लिन थालिसकेको थिए , उ प्रति अनायासमै अथाह माया जागेर आउन थालेको थियो, उसले बिगतमा मेरा लागी बगाएको आँसु र पिडाको उचित क्षतिपुर्ति मनग्ये मायाले दिने सोचमा थिए। उ सॅग अंगालीदै रातै भरी केवल मायाको कुरा गर्ने सोचमा थिए , उसलाई अहिले सम्म भन्न नसकेको “आईलभयु” भन्नु थियो ,उ संग मु्स्ताङको अपुरो यात्रा यसपाली नेपाल जादा पुरा गर्नु थियो, चितवनको सौराह र चौकी डाँडा, पोखराको लेकसाईड र साराङकोट, पश्चिम नेपालको खप्तड र रारा पुरा दिल खोलेर घुम्ने र उ सॅगजीबनको सबा भन्दा सुन्दर समय संगै बिताउने योजना थियो।

तर जब म यता पग्लिदै थिए, उ भने उता चट्टान हुदै थिई, बोलाउदा मात्र बोल्ने, ढिलो जवाफ दिने, एक किसिमको पार्सल्ली ईग्नोर गर्न थालेकी थिई, उ टाढा हुदै थिई, यहि त म चाहन्थे तर यता मेरो दिमागमा भने कसैले उसको भिडियोको सिडी बनाए प्ले गरिदिए झै, उमात्रै मेरो दिमागमा घुमीरहेकी थिई। नभेटेको पनि त धेरै भयो, उ एक्लै जवान सुन्दरी ,कोही न कोहीले त उसको मन पक्कै जित्यो होला, म जस्तो करेलाको जुसको अगाडी कोही मह बनेर आयो भने पक्कै जस्ले पनी मह नै छान्छ भनेर म सोच्दै थिए तर त्यो होईन रहिछ, उस्लेत केवल आफुलाई म बाट टाढा राखेकी रहिछ, किनकी म त मायाको आगो थिए । मैले उस्लाई न्यानो मात्रै दिदैनथे, उ जति नजिकआउथी उसलाई मैले त्यती नै पोल्थे र डढाउथे पनी , त्यसैले मलाई ईग्नोर गर्न थालेकी रहिछ। त्यसैले टाढा हुन खोजेकी रहिछ।

“उ एक्लै छे, जवान छे, सुन्दरी छे ,कोही न कोहीले त उसको मन पक्कै जित्यो होला, म जस्तो करेलाको जुसको अगाडी कोही मह बनेरआयो भने पक्कै जस्ले पनी मह नै रोज्छ नी”

अहिले सम्म मलाई मेरी पहिलो प्रेमिकाले मात्र डम्प गरेकी छ । त्यस पछि त मैले अरु कसैलाई यस्तो मौका दिएको छैन किनकी अरुलेभन्दा पहिल्यै म अरुलाई डम्प गरिदिन्छु। मैले जे चाह्यो त्यही हुदै आएको छ, किनकी म संग पैसा छ, बैस छ, पावर छ, मैले चाहे भने जेपनि गर्न सक्छु, यी जावा केटीहरु त महिनामा २० औ जना घुमाईदिन्छु जस्तो लाग्थ्यो । र घुमाए पनि जस्लाई ताके उस्लाई उडाए पनि तर एउटी सानी फुच्ची जो हिजो सम्म मेरो लागी पागल हुन्थी, रात भरी रुन्थी , म संग मायाको भिक माग्थी, उसैले मलाई एक किसिमको अघोषित डम्प गर्न खोज्दा, म र मेरो पुरुषत्वमाथी धावा बोल्दा मेरो ईगो हर्ट भयो, उस्ले मलाई पुर्ण रुपमा डम्प गरेर अपमानित हुनु भन्दापहिला मैले उसलाई पुनः सम्पुर्ण ठाउमा ब्लक ठोकेर बिजय उत्सब मनाईरहेको छु।

तर पछिल्लो चरणमा उसलाई मनै बाट माया गर्न थालीसकेको थिए, ब्लक ठोकेर, फेसबुक, भाईबर, व्हाट्सअप र टिकटोकमा मात्रै पोनआउने रहिछन, मन र मष्तिष्कमा त झ धेरै आउने रहिछन । मैले केवल एकचोटी आईलभयु सुबिना मात्रै भनिदिएको भए उस्ले आजीबन कुर्ने थिई तर मैले त्यो पनि त भन्न सकिन । मलाई केही बर्ष समय देउ, मलाई कुर न त भनेको भए पनि उसले बिना कुनै सर्त प्रश्न बिनै स्विकार्ने थिई , त्यो पनि भन्न सकिन, तर उ अब कसैको भएको पनि म देख्न र सुन्न सक्दिन।

उ सधै आई रहन्छे मेरो कल्पनामा, मेरोयादहरुमा, जब जब उ आउछे मलाई हल्लाएर, अत्यास्याएर र मलाई अस्थिर बनाएर जान्छे।मलाई थाहा छ ,मलाई मनै देखी माया गर्नेएउटा मान्छे गुमाउदै छु, हेर्दा हेर्दै मेरो आखा अगाडी नै उ बिलाउदै छ, चैत बैशाषको हुरीले कागजको टुक्रा उडाएर लगे झै मेरो मुटुको टुक्रा यो ईगोको हुरीले उडाउदै छ, म यस्तो ठाउमा उभिएको छु कि न त म उसलाई मलाई कुर नै भन्न सक्छु न त उनलाई अन्तै घरजम गरनै भन्न सक्छु।

नबिन बि.क चीन( हाल अमेरिका)

(यस लेख सम्बन्धी कुनै पनि सुझाब वा टिका टिप्पणी भएमा लेखकलाई [email protected] मा सम्पर्क गर्न सक्नुहुनेछ)

प्रतिक्रिया