अमेरिकी न्यायाधीशद्वारा क्रिस्टियानो रोनाल्डो बिरुद्ध एक महिलाले हालेको बलात्कारको मुद्दा खारेज
इनेप्लिज
२०७९ जेठ २८ गते १९:४१ मा प्रकाशित
अमेरिकी न्यायाधीशले लस भेगासमा क्रिस्टियानो रोनाल्डो बिरुद्ध एक महिलाले हालेको बलात्कारको मुद्दालाई खारेज गरि दिएका छन् ।
नेभादाकी एक महिलाले अन्तर्राष्ट्रिय प्रख्यात भकुण्डो खेलाडी क्रिस्टियानो रोनाल्डोलाई सन् २००९ मा लस भेगासमा बलात्कार गरेको दाबी गरेपछि आफूले पाएको ३७५,००० डलरभन्दा करोडौं डलर तिर्न बाध्य पार्न अमेरिकी अदालतमा हालेको मुद्धा हारेकी छिन्।
लस भेगासका अमेरिकी जिल्ला न्यायाधीश जेनिफर डोर्सीले शुक्रबार उक्त मुद्धालाई किनारा लगाई दिएकी छन् ।
डोर्सीले आफ्नो ४२ पृष्ठको अन्तिम आदेश जारी गर्दै मुद्दालाई पुन: दायर गर्ने विकल्प बिना नै सिधै खारेज गर्नु कडा कारबाही हो भन्दै निर्णय सुनाएकी छिन ।
उनीहरूले सान फ्रान्सिस्कोको ९औँ अमेरिकी पुनरावेदनमा उक्त निर्णय विरुद्ध अपील गर्न सक्छन भनि सिएनबिसीले समाचार प्रकाशित गरेको छ ।
अमेरिकाको वासिङ्टन राज्यको टकोमा शहरमा आयोजित नृत्य समारोह कम्तीमा ८ जनालाई गोली प्रहार
अमेरिकाको सान फ्रान्सिस्कोमा प्रथम कुकुर उत्सव मनाइने
बाल्टिमोरको बानाले दोश्रो अन्तरराज्य भलिवल प्रतियोगिता -२०२२ आयोजना गर्ने घोषणा
अमेरिकाको इलिनोइस राज्यको एक भवनमा ३ जनालाई गोली प्रहार ,बन्दुकधारी अझै फरार
बाइडेन युरोपमा हुने शिखर सम्मेलनको लागि एक हप्ताको लागि प्रस्थान
प्रतिक्रिया