कार्यशाला गोष्ठी

इनेप्लिज २०७९ जेठ २७ गते २२:२० मा प्रकाशित

विराटनगर, २७ जेठ(रासस):गृह मन्त्रालय लागु औषध नियन्त्रण शाखा द्वारा आयोजित लागु औषध निषेध तथा मदिरा नियन्त्रण सम्बन्धी कार्यशाला गोष्ठी आज यहाँ सम्पत्र भएको छ ।

खास गरेर युवा पिढीलाई यस क्षेत्रबाट जोगाउन र स्थानीय तह आगामी आर्थिक वर्षका लागि बनाउने बजेटमा लागु औषध नियन्त्रण सम्बन्धी कार्यक्रम एवं योजना राख्न अभिप्ररित गर्नु कार्यक्रमको उद्देश्य रहेको छ ।

लागु औषध प्रयोगको कारण समाज मात्र होइन घर पनि बिग्रिने भएकाले यसको रोकथाममा सबैले चासो राख्नु पर्ने बताइएको छ । करिब १२ वर्ष देखि ३५ वर्षका युवाहरु यसमा बढी संलग्न हुने गरेकाले विद्यालय तहमै यसको रोकथाममा विशेष ध्यान दिनु पर्ने र यसकालागि विद्यालयका शिक्षकहरुले आवश्यक निगरानी राख्नु पर्ने भनिएको छ ।

प्रदेश नं १ का आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले लागु औषधले घर, समाज र राष्ट्र नै धरापमा पर्ने स्थिति आउन नदिन सबैले एक जुट भएर यसको रोकथाम एवं नियन्त्रणमा काम गर्नु पर्ने बताउनुभयो ।

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले लागु औषध जस्ता घातक वस्तु प्रयोग गर्नु प्रयोग कर्ता मात्र नभएर यसको गम्भीर असर सबै तिर परिरहेको जानकारी दिनुभयो ।

सीमा क्षेत्रमा खास गरी बढी यसको कारोबार हुने गरेको र यसको प्रयोग कर्ता यही समाजका भएकाले प्रयोगकर्तालाई दलदलबाट निकाल्न सबैले प्रयास गर्नु आवश्यक छ भत्रुभयो ।

कार्यक्रममा गुह मन्त्रालयका सहसचिव भीष्मकुमार भुषाल र लागु नियन्त्रण शाखाका अधिकृत गोकर्णप्रसाद उपाध्यायले पनि यसको अवस्थाका बारेमा विस्तृत जानकारी दिनुभएको थियो ।

कार्यक्रममा प्रहरी अधिकृत, कार्यालय प्रमुख, स्थानीय पालिकाका प्रमुख एवं उपप्रमुखहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया