पोखराको सेतीमा हाम्फालेर १८ वर्षीय किशोरी बेपत्ता, खोजि कार्य जारि- भिडियो सहित

इनेप्लिज २०७९ जेठ २६ गते १०:४७ मा प्रकाशित


पोखरा । पोखरामा आज एक किशोरीले सेती नदिमा हाम फालेर बेपत्ता भएकी छन् ।

बुधबार दिउँसो १ बजेको समयमा पोखरा महानगरपालिका वडा नम्बर २ नारनथान नजिक रहेको पुलबाट एक जना किशोरीले सेती नदीमा हाम फालेर बेपत्ता भएकी हुन् ।

धादिङ जिल्ला घर भई हाल पोखरा १ अधिकारी टोल डेरामा बस्दै आएकी बस्दै आएकी १८ वर्षीय कञ्चन अवस्थी सेती नदीमा पुलबाट हाम फालेको कास्की प्रहरीले जानकारी दिएको छ ।

उनले सेतीमा हाम फाल्नुको कारण भने खुलेको छैन। पृथ्वीनारायण क्यापसको अध्ययन गर्ने परिचय कार्डसमेत उक्त ठाउमा भेटिएको प्रहरीले जनाएको छ । किशोरीले सेतीमा हाम फालेपछि तत्काल उद्धारका लागि रेस्क्यु टोली खटिएर खोजी कार्य जारी गरेको छ।

https://www.youtube.com/watch?v=vwnvAWAccGM&ab_channel=SamayaNepalTv

प्रतिक्रिया