प ल शाहका साथीले खुशी हुँदै सुनाए राम्रो खबर अब पल चाडै छुट्छ पलले एक्दम सकारात्मक सोचेर बसेको छ

इनेप्लिज २०७९ जेठ २५ गते ११:२५ मा प्रकाशित

अभिनेता पल शाह जोडिएको बलात्कार घटनामा पीडित भनिएकी नाबालिग गायिकाको जिल्ला अदालत तनहुँमा बकपत्र गराइयो। पीडित बालिकाको पक्षमा वकालत गर्न अदालत पुगेका वकिलहरुलाई बालिकाको हाउभाउ दखेरे पहिल्यै शंका लागिसकेको थियो–होस्टाइल त बनाइएको छैन। एक वकिलले भने, ‘बालिकाको हाउभाउ र क्रियाकलापले हामीलाई शंका लागिसकेका थियो। हाउभाउले पीडित भनिएकी बालिकाले बयान फेर्नसक्ने जस्तो हामीले बुझेका थियौं।’

 

ती वकिलका अनुसार यसका केही आधारहरुसमेत देखिएका थिए। आरोपी पल पक्षका केही मान्छेको ओहोरदोहोर (पोखरा–दमौली) पनि बाक्लै भएको भन्ने बुझिएको थियो।

ती वकिलका अनुसार यसका केही आधारहरुसमेत देखिएका थिए। आरोपी पल पक्षका केही मान्छेको ओहोरदोहोर (पोखरा–दमौली) पनि बाक्लै भएको भन्ने बुझिएको थियो।

बकपत्र गराउने तयारी गरियो। बकपत्र गराउनुपूर्व न्यायाधीशले बालिकालाई बकपत्र गराउन सक्ने/नसक्ने र मानसिक रुपमा आफू तयार भए/नभएको बारे सोधपुछ गरेका थिए। त्यतिबेला बालिकाले आफू बकपत्रको गर्न तयार रहेको बताउँदै न्यायाधीशकै सामू रोइन्। ‘बकपत्र गराउन सुरु भयो। त्यसपछि फिल्म सुटिङ भइराखेजस्तो दृश्य देखियो। रुने कराउनेसम्म गरिन् बालिकाले,’ वकिलले सुनाए, ‘त्यसपछि शान्त वातावरण नै खलबलियो।’

ती वकिलका अनुसार बालिका सरकारी वकिल र आफू पक्षका वकिलसँग होइन, आरोपी शाहको पक्षका वकिलसँग निकट भएकी थिइन्। यी सबै घटनाबाट बालिका पक्षलाई होस्टाइल बनाइएको हुनसक्ने आशंका गर्ने ठाउँहरु रहेको ती वकिलले बताए। बालिकाले बयान फेरे पनि प्रहरी गरेको अनुसन्धान परिपक्क भएकाले बयानमात्रै अन्तिम सत्य नहुने ती वकिलको दाबी छ।

नाबालिग गायिकालाई बलात्कार गरेको आरोपमा पक्राउ पूर्जी जारी भएपछि गत फागुन १५ गते प्रहरीसमक्ष आत्मसमर्पण गर्दै शाह जिल्ला प्रहरी कार्यालय, तनहुँमा उपस्थित भएका थिए। तनहुँमा बलात्कार कसूरमा अनुसन्धान भइरहेका बेला नवलपरासी पूर्वमा समेत शाहले बलात्कार गरेको भन्दै जाहेरी परेको थियो। दुवै घटनाको पीडित उही नाबालिग थिइन्।

१६ वर्षभन्दा कम उमेरकी नाबालिगलाई बलात्कार गरेको पाइएको भन्दै शाहलाई १२ देखि १४ वर्षसम्म माग दाबी गर्दै दुवै अदालत (तनुहँ र नवलपुर)मा मुद्दा दायर भएको छ। दुवै अदालतले शाहलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिए। हाल उनी तनहुँ कारागारमा छन्।

प्रतिक्रिया