युक्रेनको मेरीउपोलबाट १,००० भन्दा बढी युक्रेनी सैनिकहरू रुस लगिएको रुसी समाचारको दाबी

इनेप्लिज २०७९ जेठ २५ गते ११:१८ मा प्रकाशित

युक्रेनको मेरीउपोलबाट आत्मसमर्पण गरेका १,००० भन्दा बढी युक्रेनी सैनिकहरू रुस लगिएको रुसी सरकारी संचार माध्यमले जनाएको छ ।

युक्रेनी सैनिकहरूलाई “अनुसन्धानको लागि” रूस पठाइनेछ, रुसी समाचार सँस्था टासले बुधवार जनाएको छ ।

मेरिउपोलको अजोभस्टल कारखानामा फसेका १००० भन्दा बढी मानिसहरूलाई रूसमा लगिएको थियो। प्रहरी सँस्थाहरूले उनीहरूसँग नजिकबाट काम गरिरहेका बताएको छ ।

रुसले अन्य धेरै युक्रेनी युद्धबन्दीहरूलाई पनि रुसी भूभागमा लैजाने योजना बनाएको स्रोतले बताएको छ।

प्रतिक्रिया