जर्मनीको बर्लिनमा गिर्जाघर (चर्च)नजिकै भीडलाई गाडीले ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् ।
अधिकारीहरूका अनुसार बर्लिन अग्नि नियन्त्रणका प्रवक्ताले सिएनएनलाई भने, गाडीले बुधबार बिहान कैसर विल्हेल्म मेमोरियल चर्च (गिर्जाघर)बाहिर मानिसहरूलाई ठक्कर दिएको थियो।
स्थानीय समय अनुसार बिहान करिब १०ः३० बजे घटनाबारे अग्नि नियन्त्रणहरुलाई खबर गरिएको थियो ।
पर्यटक र पसलहरूको लाफ्गी लोकप्रिय मानिने राजधानीको एक जिल्लामा बुधबार पश्चिमी बर्लिनमा एउटा कार(गाडी)ले मानिसहरूको भीडमा पुगेर एक व्यक्तिको ज्यान लियो र पसलको झ्यालमा तोडफोड गरेको समेत प्रहरी बिभागले जनाएको छ।
“एउटा व्यक्तिले मानिसको समूहमा गाडीले हानेको हुनसक्ने अनुमान छ। यो दुर्घटना हो वा नियोजित कार्य हो भन्ने अहिलेसम्म थाहा हुन सकेको छैन,” प्रहरीले भने। चालकलाई घटनास्थलबाटै नियन्त्रणमा लिइएको छ।
प्रतिक्रिया