‘मिस नेपाल वर्ल्ड’का प्रतियोगीहरु

इनेप्लिज २०७९ जेठ २४ गते १०:२९ मा प्रकाशित

काठमाडौं, २४ जेठ । ‘मिस नेपाल वर्ल्ड-२०२२’का प्रतियोगीहरु हिजोआज प्रशिक्षणमा व्यस्त छन्। ‘मिस नेपाल वल्ड’को यस संस्करणमा २४ जना सुन्दरी ताजका लागि प्रतिस्पर्धा गर्दैछन् ।

नेपालको सौन्दर्य प्रतियोगितामध्येकै उत्कृष्ट ‘मिस नेपाल वर्ल्ड-२०२२’को ग्राण्ड फिनाले यही १८ जुन अर्थात असार ४ गते हुँदैछ । हरेक सौन्दर्य प्रतियोगिताको ‘ओपनिङ राउण्ड’लाई महत्वका साथ लिइन्छ, किनकि पहिलो राउण्डसँगै दर्शकमाझ प्रतियोगीका पहिलो परिचय खुल्छ । त्यसैले प्रतियोगीहरुले ‘ओपनिङ राउण्ड’मा पहिरनले ड्रेसको बेग्लै महत्व राख्छ ।

मिस नेपाल वर्ल्ड-२०२२ का प्रतियोगीहरु । फोटो/मिसनेपालबाट यतिखेर धेरैलाई कौतुहलता लागेको छ कि ‘मिस नेपाल वर्ल्ड-२०२२’का प्रतियोगीहरु ‘ओपनिङ
राउण्ड’मा कस्ता पहिरनमा देखिँदैहोलान् ? अर्थात कस्तो तयारी गरिरहेका होलान् ?

यसपटक ‘मिस नेपाल वल्र्ड’का प्रतियोगीहरु पहिलो अर्थात ओपनिङ राउण्डमा आईआईएफटीबाट फेसन डिजाइनिङ ग्राजुएट गरेका डिजाइनरहरुले तयार पारेको डिजइनिङ पहिरनमा प्रस्तुत हुँदैछन् ।

आईआईएफटी अर्थात इन्टरनेशनल इन्स्टिच्युट अफ फेसन टेक्नोलोजीबाट ग्राजुएट १० जना फेसन डिजाइनरहरु यतिखेर २४ जना सुन्दरीका लागि पहिरन तयार गर्न व्यस्त छन् ।

फेसन डिजाइनरहरु पेशल खड्का, पम्फा श्रेष् मगर, संगीत आचार्य, गीता मिश्र, सविता महर्जन,सरिता श्रेष्ठ, दिलमाया मगर, राजन शाह, सविता चेम्जोङ र सुनैना शाहीले आईआईएफटीका निर्देशक विपना थापाको निर्देशन र एकेडेमिक हेड सविन ढुंगानाको निरीक्षणमा प्रतियोगीका लागि परिहन तयार गरिरहेका छन् ।

डिजाइनरहरुले २४ प्रतियोगीका लागि चार वटा थिममा पहिरन तयार गरिरहेको आईआईफटीले जनाएको छ । तर, के कस्तो थिम भने खुलाइएको छैन ।

आईआईएफटीले छोटो समयमै हजारौँ फेसन डिजाइनरहरु उत्पादन गरिसकेको छ । काठमाडौंको बागबजार र कमलादीस्थित हेरिटेज प्लाजा तथा ललितपुरको कुमारीपाटीमा रहेको आईआईएफटीले फेसन डिजाइनिङका अलावा इन्टेरियर डिजाइनको पनि अध्यापन गराउन सुरु गरेको छ । यसअघि आईआईएफटीले दर्जनौँ इभन्टहरुमा पहिरनका लागि को–अर्डिनेटर गरिसकेको छ ।

प्रतिक्रिया