पोखरा । पोखराको दोबिल्लामा रहेको फुस्रे खोलामा पौडी खेल्ने क्रममा पूर्ण गुरुङ शनिबारबाट बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिका ७ बेशीगाउँका पूर्ण गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । शनिबार दिउँसो ३ बजेदेखि पौडी खेल्ने क्रममा बेपत्ता भएका गुरुङ अझै भेटिएका छैनन् ।
फुस्रे खोलामा पौडी खेल्न ७ जना गएकोमा गुरुङलाई खोलाले बगाएर बेपत्ता भएका हुन् । बेपत्ता गुरुङको आज पनि नेपाल प्रहरी, सशत्र प्रहरी बल, नेपाली सेना मिलेर खोजी कार्य जारी रहेको छ ।
प्रतिक्रिया