लुकि लुकि तिमिलाई हेर्ने मेरो दिलको चाहना हुन्छ
श्रृङगारले सजियर बस्दा तिमिले राति भएको हुन्छ
भेटे मैले तिमिलाई मेरो मनमा के अनेक कुरा खेल्छ
मैले तिम्रो बारेमा सोच्दा सोच्दै मनमा माया पलायछ
आयौ आज मेरो सामु तिमि कुराकानी भएछ
के भनु तिमिलाई सोच्दा सोच्दै समय बितेछ
तिम्रो गालामा चुम्बन खान मैले गरेको बहाना थियो
सुन्दरी तिम्रो साथमा मेरो सारा जिन्दगि थियो
तिमि सामु आउनु मेरो जिन्दगिको एक समय रहेछ
सबै कुरा छोडी आज तिमि मेरो साथ आएछौ
तिम्रो बारेमा लेख्दा लेख्दै मेरो एक पत्र भएछ
सुन्दरताले भरिपुर्ण तिमि आयौ मनै मोहित भएछ
बादलले सारा आकाश ढाकि बर्षा भएछ
रिमझिम बर्षामा भिज्दै तिमी सँग कुराकानि भएछ
सारा दिन बिते मेरा अब राति परेछ
मनमा तिमि आयौ यो मन खुसिमा रमेछ
रहस्य रहस्यमा नै रह्यो के कुरा भएछ
दिलको दिलले धम्कायो हाम्रो भेट भएछ
गोबिन्द राज ओझा (साजन)
दिपायल सिलगढि न.पा. २ दिपायल डोटी
प्रतिक्रिया