जेलेन्स्कीद्वारा आइतबार लुहान्स्क-डोनेस्कको अग्रपंक्तिमा रहेका सेनाको भ्रमण गरे

इनेप्लिज २०७९ जेठ २३ गते १:११ मा प्रकाशित

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आइतवार सबैभन्दा धेरै बमबारी गरिएका केही अग्रपंक्तिमा रहेका चौकीहरूमा सेनाहरूको भ्रमण गरेको बताएका छन्।

उनले आफ्नो रातीको सम्बोधनमा भने: “हामी लिसिचान्स्कमा थियौं र हामी सोलेदारमा थियौं।” दुबै स्थानहरू हप्तादेखि भारी रूसी आक्रमणको अधीनमा छन्, क्षेप्यास्त्र , प्रक्षेपास्त्र र हवाई बमबारीबाट पीडित छन्।

“मैले भेटेको, हात मिलाउने , कुराकानी गर्ने र समर्थन गर्ने सबै प्रति मलाई गर्व छ। सेनाका लागि केही ल्याइएको थियो, तर म यसको विस्तृत विवरण दिन्न ,” उनले भने।

“र मैले तिनीहरूबाट केही ल्याएको छु, तपाईहरुको लागि। यो महत्त्वपूर्ण छ :आत्मविश्वास र शक्ति।”उनले थपे ।

यसअघि आइतवार, जेलेन्स्की दक्षिणी शहर जापोरिजियामा थिए, जहाँ उनले केही कब्जा गरिएका शहरका नगर प्रमुखहरूलाई भेटेको बताए।

“मैले मेरीउपोलका बासिन्दाहरूलाई भेटे जो जीवित र बच्चाहरूसहित शहर छोड्न सफल भए। मैले उनीहरूलाई खोर्तित्सियामा भेटे। अवस्थाहरू अस्थायी छन् तर खराब छैनन्,” उनले भने।

उनले अगाडी भने “प्रत्येक परिवारको आफ्नै कथा थिए, कसैको श्रीमान् युद्धमा गए, कोही कैदमा छन् , र ,कोही दुर्भाग्यवश मरे।”

प्रतिक्रिया