जिन्दगिमा तिम्रो प्यार मिल्छ…………..

  गोबिन्द राज ओझा (साजन) २०७९ जेठ २२ गते २०:०८ मा प्रकाशित

 

जिन्दगिमा तिम्रो प्यार मिल्छ होला कुनै समयमा

तिमि सँग गुनासो गर्नु थियो भेटौला चौतारिमा    

 

लज्जाएर गयौ तिमि केहि बोल्न पाएन मैले

जिन्दगिको मोडमा भाग्यको बारेमा सोच्दछु अहिले

जिन्दगिमा तिम्रो प्यार मिल्छ होला कुनै समयमा

कर्के नजरले हेर्यौ तिमिले त्यो मन्दिरमा भएको भेटमा

 

भेटन आउछौ होला तिमि मेरो जरुरत भए

मिल्छ होला प्यार तिम्रो मेरो भाग्यमा भए

न जाउ है तिमि एक्लो छोडि मलाई यो गाउँमा

जिन्दगिमा तिम्रो प्यार मिल्छ होला कुनै समयमा

 

  गोबिन्द राज ओझा (साजन)

 दिपायल सिलगढि न.पा. २ दिपायल डोटी

प्रतिक्रिया