काठमाडौंको फोहोर ब्यबस्थापनमा अत्याधुनिक प्रबिधीको प्रयोग गरियो ।
बाल कृष्ण भट्ट | काठमाडौं-जापानको हिटा समूहले प्लाष्टिकजन्य फोहोर ब्याबस्थापको अत्याधुनिक प्रबिधी नेपाल भित्राएको छ । उच्चतापक्रममा प्लास्टिक जन्य फोहोर जलाएर नस्ट गर्ने यो प्रबिधी काठमाडौ उपत्यकाको फोहोर ब्यबस्थापनमा समेत उपयुक्त हुने यसका बिकास कर्ताको दाबि छ । अहिले यो प्रबिधी काठमाडौका ३ बटा होटलहरू काठमाडौं गेस्ट हाउस ठमेल, माया मनोर बुटिक होटल हात्तीसार र पार्क भिलेज रिसोर्ट बुढानिलकण्ठले प्रयोगमा ल्याईसकेका छन् ।
फोहोर ब्यबस्थापन गर्दा धुंवा समेत नआउने प्रदूषण समेत नहुने भएकाले काठमांडौंको फोहोर ब्यस्थापनमा यो महत्वपूर्ण हुन सक्ने यसका नेपाल सप्लायर्सका ओनर तेन्जिग सिमिजुको दाबि छ । यो प्रबिधीबाट पानी र हल्का पिय पदार्थका बोतल, कागज, दुध, तेल, खानाको र्यापर, सेम्पु, साबुनको खोलका साथै अन्य प्लास्टिक फोहोरलाई खरानीमा परिणत गर्न सकिन्छ । हिटा समुहले फोहोर ब्यबस्थापनको यो प्रबिधी प्रयोगका बिषयमा काठमाडौ महानगरपालिकका प्रमुख बालेन शाह र उप प्रमुख सुनिता डंगोल समेतलाई जानकारी गराई सकेको छ ।
अमेरिकाको वासिङ्टन राज्यको टकोमा शहरमा आयोजित नृत्य समारोह कम्तीमा ८ जनालाई गोली प्रहार
अमेरिकाको सान फ्रान्सिस्कोमा प्रथम कुकुर उत्सव मनाइने
बाल्टिमोरको बानाले दोश्रो अन्तरराज्य भलिवल प्रतियोगिता -२०२२ आयोजना गर्ने घोषणा
अमेरिकाको इलिनोइस राज्यको एक भवनमा ३ जनालाई गोली प्रहार ,बन्दुकधारी अझै फरार
बाइडेन युरोपमा हुने शिखर सम्मेलनको लागि एक हप्ताको लागि प्रस्थान
प्रतिक्रिया