पोप फ्रान्सिसले युक्रेनी बच्चालाई आफू युक्रेन भ्रमण गर्न चाहेको र अधिकारीहरूसँग सम्भावित यात्राबारे छलफल गर्ने बताए ।
पोप फ्रान्सिसले शनिबार युक्रेनका एक बच्चालाई उक्त कुरा भनेका हुन् । फ्रान्सिसले भ्याटिकनमा एक शिक्षण पहलको भागको रूपमा बच्चाहरूसँग भेटे।
फ्रान्सिससँग भेट गर्ने सच्चर नामका एक युक्रेनी बच्चाले भने, “मसँग प्रश्न छैन बरु एउटा अनुरोध छ: के तपाई युक्रेनमा अहिले त्यहाँ पीडित सबै बालबालिकालाई बचाउन आउन सक्नुहुन्छ?”
पोप फ्रान्सिसले यस्तो जवाफ दिए: “तिमी यहाँ भएकोमा म खुसी छु। म युक्रेनका बच्चाहरूको बारेमा धेरै सोच्दछु, र त्यसैले मैले त्यहाँ मद्दत गर्न र सबै मानिसहरूसँग, बच्चाहरूसँग नजिक हुन केही कार्डिनल(पोप परिषदका सदस्य )हरू पठाएको छु। म युक्रेन जान चाहन्छु; मैले केही क्षणको लागि मात्र प्रतिक्षा गर्नु पर्छ, तिमीलाई थाहा छ, किनभने यो निर्णय गर्न सजिलो छैन जसले सम्पूर्ण संसारलाई राम्रो भन्दा बढी हानी गर्न सक्छ।”
“मैले यो गर्नको लागि सही समय खोज्नु पर्छ। अर्को हप्ता मैले युक्रेन सरकारका प्रतिनिधिहरूलाई भेट्ने छु । त्यहाँ मेरो सम्भावित भ्रमणको बारेमा कुरा गर्न आउनेछन । हेरौं के हुन्छ,” पोपले भने ।
तस्बिर : खालीज टाइम्स
प्रतिक्रिया