विराटनगर,२१ जेठ । विराटनगर महानगरपालिकाको कार्यपालिका सदस्यहरुको निर्वाचनको मतदान कार्य आज विहान ११ वजेदेखि शुरु भएको छ।
मोरङ जिल्ला मुख्य निर्वाचन अधिकृत कार्यालय विराटनग–७ स्थित नेपाल रेडक्रस भवनमा मतदान कार्य शुरु भएको छ।
महानगरकाको पाँच महिला सदस्यहरुका १० जना तथा तीन जना दलित अल्पसङ्ख्यक सदस्यहरुका छ जना गरि १६ जना उम्मेदवार रहेका छन् ।
मतदान कार्य ११ देखि शुरु भै अपरान्ह २ बजेसम्म हुने र ३ बजे मतगणना गरी मतपरिणाम सार्वजनिक गर्ने कार्यालयले जनाएको छ।
कार्यपालिका निर्वाचनका लागि महानगरपालिकाका प्रमुख , उपप्रमुख, १९ वडा अध्यक्ष, महिला, दलित र खुल्ला सदस्यगरी ९७ जना मतदाता रहेका छन् ।
कार्यपालिकाको पाँच जना महिला सदस्यहरुका लागि निर्वाचित जनप्रतिनिधि हुनुपर्ने छ भने तीन जना दलित तथा अल्पसङ्ख्यक सदस्यका लागि महानगरपालिकाको मतदाता हुनुपर्ने व्यवस्था रहेको छ।
प्रतिक्रिया