कृषि प्रणाली दुरुस्त बनाउनु पर्ने–जनप्रतिनिधिहरुको माग

इनेप्लिज २०७९ जेठ १८ गते २२:४९ मा प्रकाशित

विराटनगर, १८ जेठ । मोरबका नवनिर्वाचित स्थानीय तहका प्रमुखहरुले कृषि प्रणालीलाई दुरुस्त बनाउन सरकारले समयमै मलखाद, बीउबिजन उपलब्ध गराउनुपर्ने माग गरेका छन् ।

महेन्द्रराजमार्ग देखि माथिका पालिका वा नगरपालिकाका प्रमुखहरुले वन तस्करी रोक्नु पर्ने, हुनुपर्ने, नदीजन्य पदार्थको हुने दोहनलाई रोक्नुपर्ने, शान्ति सुरक्षाका लागि स्थापित प्रहरी चौकीहरुको स्तरोत्रति गर्नु पर्ने, आवश्यकता अनुसारको प्रहरी दरबन्दी थप्नु पर्ने माग राखेका छन् भने महेन्द्रराजमार्ग देखि तलका गाउँपालिका र नगरपालिकाका प्रमुखहरुले गएको कातिक महिनामा आएको बेमौसमी बाढीबाट पीडितहरुलाई क्षतिपूर्ति हुनु पर्ने, मोरबको सीमा क्षेत्रमा व्यापक तस्करी हुने गरेको, विकासका योजनाहरु निर्माणकम्पनिहरु ले लथालिब बनाएर राखेको जस्ता समस्या बताएका छन् ।

जिल्ला प्रशासन कार्यालय मोरबद्वारा आज यहाँ आयोजित नवनिर्वाचित जनप्रतिनिधिहरु लाई स्वागत सम्मान कार्यक्रममा गाउँपाकिला र नगरपालिकाका प्रमुखहरुले सो समस्या अवगत गराएका थिए ।

सो अवसरमा मिक्लाजुब गाउँपालिकाका बविकुमार राई , ग्रामथान गाउँपालिकाका जयप्रकाश गच्छदार, लेटाब नगरपालिकाका भूपेन्द्रकुमार लावती, रतुवामाई नगरपालिकाका नागेश्वरप्रसाद सिंह गनगाँइ, उर्लाबारी नगरपालिकाका गंगाप्रसाद खरेल, सुन्दरहरैचा नगरपालिकाका केदारप्रसार गुरागाँइ, रंगेली नगरपालिकाका दिलीप बगडिया, बेलबारी नगरपालिकाका दिलप्रसाद राई, जहदा गाउँपालिकाका जितेन्द्रप्रसाद साह, धनपालथान गाउँपालिकाका जिवछप्रसाद गच्छदार र केराबारी गाउँपालिकाका सुमन मिरिबचिब मगरले आ– आफ्नो धारणा राख्नुभएको थियो ।

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले डुबान र कटान मोरबको साझा समस्या भएकाले यसलाई सबैले मिलेर समाधान गर्नु पर्छ भत्रुभयो ।
उहाँले विराटनगरको विकास विना अरु क्षेत्रको विकासमा समस्या आएने भएकाले प्रदेशकोराजधानी विराटनगरमा व्यवस्थित विकास हुनु पर्छ बताउनुभयो । विराटनगरमा शान्ति सुरक्षाको समस्या नभएपनि बर्षातमा डुबानको ठूलो समस्या रहेको भन्दै मोरबका सबै नदीमा शिरानबाट नै नदी नियन्त्रणको काम हुनु पर्ने कुरामा जोड दिनुभयो । उहाँले निर्वाचनमा जनताले प्रयोग गर्ने मताधिकारबाट मत बदर हुन नदिन निर्वाचन अगावै मतदाता शिक्षा प्रभावकारी ढङ्गले सञ्चालन हुनु पर्ने धारणा राख्नुभयो ।

मोरबका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाले सङ्घीयता कार्यान्वयनको चरणमादोस्रो पटक स्थानीय तहको निर्वाचन भएको भन्दै निर्वाचनमा जनप्रतिनिधिले संकल्प गरेको प्रतिवद्धता पूरा गर्न सफलता मिलोस् शुभकामना दिनुभयो ।

उहाँले मोरबमा शान्तिसुरक्षा, विकास र विपद् व्यवस्थापनमा जनप्रतिनिधिहरुको साथ रसहयोगको अपेक्षा गर्दै आमनागरिकलाई शान्ति सुरक्षाको अनुभूति दिलाउन जिल्ला सुरक्षा समितिले सोही अनुसारको रणनीति बनाएर काम गरिरहेको बताउनुभयो ।

प्रतिक्रिया