जर्मनीले आफ्नो “सबैभन्दा आधुनिक वायु रक्षा प्रणाली,” आइआरआइएस -टी युक्रेनमा पठाउने चान्सलरले बुधबार बताए ।
“आगामी हप्ताहरूमा हामी थप हतियारहरू आपूर्ति गर्नेछौं, उदाहरणका लागि, जर्मन सरकारले भर्खरै निर्णय गरेको छ कि हामी आइआरआइएस -टी प्रणाली, जर्मनीको सबैभन्दा आधुनिक वायु रक्षा प्रणाली आपूर्ति गर्नेछौं,” ओलाफ स्कोल्जले एक भाषणमा भने।
“यसले युक्रेनलाई पूरै शहरलाई रूसी हवाई आक्रमणबाट जोगाउन सक्षम बनाउनेछ,” उनले भने।
अमेरिकी प्रशासनका वरिष्ठ अधिकारीहरूले मंगलबार पत्रकारहरूलाई संयुक्त राज्य अमेरिकाले युक्रेनलाई सुरक्षा सहायताको ११ औं संपुष्टि (प्याकेज)को भागको रूपमा एचआइएमएआरएस भनेर चिनिने अमेरिकी निर्मित उन्नत प्रणालीका प्रक्षेपास्त्रहरू पठाउने भएको कुरा पुष्टि गरेपछि यो विकास भएको हो।
जर्मनीले सुरुमा कीभलाई हतियार उपलब्ध गराउने सम्बन्धमा प्रतिरोध गरेको थियो । मानवीय सहायता र चिकित्सा उपकरणहरू उपलब्ध गराउन मात्र सहमत भएको थियो । त्यो दृष्टिकोण संकटग्रस्त क्षेत्रमा घातक हतियार आपूर्ति नगर्ने जर्मनीको दशकौं लामो नीति अनुरूप थियो।
अप्रिलको अन्त्यमा जर्मनीले युक्रेनलाई बख्तरबन्दहरू उपलब्ध गराउन सहमत भएको थियो भनि सिएनएनले समाचार लेखेको छ ।
प्रतिक्रिया