महेश्वर पन्त र बौलाहाको डायरी

ममता मृदुल काठमान्डौ, नेपाल २०७९ जेठ १६ गते १६:२७ मा प्रकाशित

अमेरिका बसेर नेपाली भाषा साहित्यको सेवामा लाग्ने स्रस्टा महेश्वर पन्तको पुस्तक पढ्न पाएँ।खुसी हुन धेरै कुरा चाहिदैन । म खुसी भएको छु । म पुस्तकमा रमाउन चाहनेलाई बौलाहाको डायरीले आनन्दको अनुभूति गराउन सफल भएको छ ।

एक पटक पढदा मनले मानेन फेरि पढे । सबैले पढ्नु पर्छ भन्ने लाग्यो र लेख्न बसे।मलाई मन परेका कुरा सबैलाई मन पर्छ भन्ने छैन तर यो पुस्तकले सबैलाई तान्ने छ ।
महेश्वर पन्तद्वारा लिखित उपन्यास बौलाहाको डायरीभित्र पसेर निस्कदाको रोमाञ्चकता व्यक्त गर्न सजिलो छैन ।

विगत दुई वर्षदेखि कोभिडको महामारीबाट प्रभावित सबैलाई समर्पित गरेर लेखिएको जस्तो लाग्ने एक पात्रको डायरीको रूपमा लेखिएको छ |कोरोना कहरबाट बिछिप्त भएको हामी र हाम्रो समयलाई टपक्क टिपेर बनाएको यो पुस्तक सालको पात टिपेर बनाएको टपरी झै सुन्दर बनेको छ ।

लालबन्दीबाट कथा सुरु भएको यो उपन्यासले धेरै कुरा समेटेको छ । जीवनका आरोहअवरोह यसरी नै कट्छ । धैर्य हुनुपर्छ । समय आफ्नो बाटोमा अविरल हिड्छ। रोकेर नरोकिने यात्रा हो भन्ने भाव आउँछ । पढन सुरु गरिसके पछि छोड्न मन लाग्दैन । | गाउँको परिवेशमा नेपालको सुन्दरता छचल्केको छ।

यौटा रोचक गाउँको वालापनको सम्झना, सुन्दर शैलीमा वर्णन, मिठो पक्ष लागेको छ । उपन्यासकाे पेटमा बोकेका धेरै कुरा छन् । भनेर लेखेर नसकिने भए पनि लेख्न मन लागेको छ। बाल्यावस्थाका रमाइलो , खेल साथी , चञ्चलपन , प्रेम र जीवनका उतार चढावले म पनि यतै छु भन्ने अनुभूति पटकपटक गराएको छ । कति मिठो भन्दाभन्दै पिरो, अमिलो र टर्रो पनि छ । पढ्दै गयो गरिब किसानको पिडा आफ्नो पीडा लाग्छ । दस वर्षको द्वन्द्वका यथार्थ यसमा छ।नेपालको कानुन दैवले जानुन भन्ने सोच आउँछ घरिघरि । महिला हिंसाका घटना पनि भेट्छु मन चिमोटेको छ । म पनि छु यतै कतै भन्न मन लाग्छ । बौलाहाको डायरी हामीले लेख्न नसकेको पुस्तक हो भन्न मन लाग्छ । हामीले भोगेको समाजमा हुने घटनालाई उठाउन सफल रहेको मेरो ठम्याइ रहेको छ ।नेपाली भाषामा पाउने सरलता स्वच्छता सुन्दर प्रस्तुतिले कृतिलाई कसी लगाएको छ ।उपन्यासकार महेश्वर पन्तको सफल साहित्य यात्राको कामना गर्दै आजलाई विदा चाहन्छु।

-ममता मृदुल काठमान्डौ, नेपाल

प्रतिक्रिया