युक्रेनमा फ्रान्सेली पत्रकारको गोली हानी हत्या भएको फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले सामाजिक संजाल मार्फत ट्वीट गरेका छन् ।
पत्रकार, फ्रेडरिक लेक्लेर्क-इमहफ युद्धको वास्तविकता देखाउन युक्रेनमा थिए। रुसी बमबाट बच्न भाग्न बाध्य नागरिकहरूसँग मानवीय यात्रियान (बस)मा सवार उनलाई गोली हानी मारिएको छ ,”फ्रान्सेली राष्ट्रपतिले ट्वीट गरे।
“म फ्रेडरिक लेक्लेर्क-इमहफको परिवार, साथीहरू र सहकर्मीहरूको शोकलाई साझा(शेयर) गर्दछु, जसलाई म मेरो समवेदना पठाउँछु। युद्धभूमिको कारवाईमा जानकारी प्रदान गर्ने कठिन लक्ष्य पूरा गर्नेहरूलाई बिना शर्त समर्थन दोहोर्याउन चाहन्छु, “म्याक्रोनले ट्विटरमा भने।
सिएनएन सम्बद्ध बिएफएम टिभी (दूरदर्शन) का अनुसार उनीहरूका पत्रकारहरूमध्ये एक भएको बताए। उनि ३२ बर्षका थिए भने उनले ६ बर्ष सम्म बिएफएम टिभी (दूरदर्शन) काम गरेका थिए भनि सिएनएनले समाचार लेखेको छ ।
प्रतिक्रिया