नयाँ ।।।मोडल हन्ट नेपाल’ को खोजी सुरु

इनेप्लिज २०७९ जेठ १६ गते १४:१६ मा प्रकाशित

काठमाडौँ । प्रस्तुति, चर्चा र आयोजनाको दृष्टिले नेपाली मोडलिब प्रतियोगितामा बृहत् र स्तरिय मानिएको सौन्दर्य प्रतियोगिता ।।।मोडल हन्ट नेपाल’को सातांै संस्करण सुरु भएको छ । आयोजक नेक्स्ट मोडल्स नेपालले आइतबार एक बिज्ञप्ती जारी गर्दै ।।।मोडल हन्ट नेपाल २०२२’ (नयाँ सेसन) का लागि आवेदन खुल्ला भएको जनाएको हो ।

१८ देखि २८ वर्ष उमेर समूहका युवायुवतीले सहभागीता जनाउन सक्ने प्रतियोगितामा युवाको हकमा कम्तीमा ५ फिट ६ इन्च र युवतीको हकमा कम्तीमा ५ फिट २ इन्च उँचाई हुनुपर्ने प्रावधान राखेको छ ।

आवेदन फर्म खल्ती एपबाट पनि भर्न सकिनेछ । उचित ज्ञान सहित देश तथा विदेशका प्लेटफर्ममा सजिलै अवसर पाउन सक्ने ब्यावसाहिक मोडल उत्पाद गर्ने
उदेश्यले बिगत ७ बर्षदेखि नियमित आयोजना हुँदै आएको प्रतियोगीतामा पछिल्लो समय युवायुवतीकोआकर्षण समेत बढ्दो रहेको आयोजक नेक्स्ट
मोडल्स नेपालका अध्यक्ष रवि धमलाले बताए ।

प्रतियोगिताको अडिसन अगामी ४ असारदेखि साउनको अन्तिम सातासम्म हुनेछ । अडिसनबाट छानिएका प्रतियोगीले मात्र फाइनलमा सहभागी हुन पाउनेछन् ।

फाइनल स्पर्धाका लागि छानिएका प्रतियोगीलाई व्यक्तित्व विकाश, शारिरिक बनावट, र्याम्प वाक, बडि ल्याब्ग्वेज, फोटोशुट, एक्सप्रेसन लगायतका ग्रुमिब कक्षामा सहभागी गराइनेछ ।

प्रतियोगिताको विजेताले शिर्ष उपाधिका साथमा नगद ५ लाख बराबरा उपहार सहित १ देखि १५ सेब्टेम्बरसम्म थाइल्याण्डमा आयोजना हुने अन्तराष्ट्रिय मोडलिब
प्रतियोगीता ।।।सुपर मोडल इन्टरनेशनलमा’ नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछन् ।

विजेताले बिज्ञापन, म्युजिक भिडियो अभिनय अवसरको अलवा राष्ट्रिय तथा अन्तराष्ट्रिय फेसन शोमा पनि सहभागीको अवसर प्राप्त गर्ने आयोजक नेक्स्ट
मोडल्सकी कार्यकारी निर्देशक यतना पाण्डेले जानकारी दिइन् ।

पछिल्लो समय सौन्दर्य प्रतियोगीतामा महिला असुरक्षित भएको आवाज उठ्दै आएको छ । यस सम्बन्धमा पाण्डे आफुहरुले महिलाहरुको हकहित
संरक्षण, उनीहरुको सुरक्षाको प्रत्याभुति गराउनको साथै यस्ता प्रतियोगीताले दविएको आवाज बुलन्द गर्न हौसला प्रदान गर्ने बताउँछिन् । ।।।सौन्दर्य
प्रतियोगीताको आयोजक महिलाहरु पनि छन् । जसले महिलाको सुरक्षामा हरसम्भव प्रयास गरिरहेका छन्’पाण्डेले थपिन् ।

प्रतिक्रिया