ईनेप्लिज विशेष प्रतिनिधि।
अमेरिकालाई कर्मभूमि वनाईरहेका साहित्यकारहरू गोविन्द गिरी प्रेरणा,वसन्त श्रेष्ठ तथा ज्ञानेन्द्र गदालको सम्मानमा साहितियकारपद्मावती सिंहले आफ्नो निवासको वगैंचामा एक कवि गोष्ठीको आयोजना गरिन् !
कार्यक्रमको शुरूमा सबै अतिथिहरूको स्वागत गर्दै आतिथिय पद्मावतीले प्रेरणा, श्रेष्ठ र गदाललाई खादा अर्पण गरेकी थिईन् !
तत्पश्चात् काव्य वाचनको सिलसिला शुरू भयो कविता वाचन गर्नेहरू मंजुल, वसन्त श्रेष्ठ, गोविन्द गिरी प्रेरणा,प्रभा वराल, रजनीढकाल, पुनम हमाल, विमला देवकोटा, ज्ञानेन्द्र गदाल, विश्वविमोहन श्रेष्ठ, भागिरथी श्रेष्ठ, सुलोचना मानन्धर धिताल , उषा शेरचन, सुष्मिता नेपाल, रीता खत्री, निशा केसी,उषा केसी रहेका थिए !
कार्यक्रममा अन्ना श्रेष्ठले ॲंग्रेजीमा कविता प्रस्तुत गरेकी थिइन् भने सविता लामिछाने ढुंगाना ,प्रजाभक्त श्रेष्ठ, अन्ना श्रेष्ठ,जलेश्वरी श्रेष्ठ तथा माया ठकुरीले गीत प्रस्तुत गरेका थिए ।
प्रतिक्रिया