जेलेन्स्कीद्वारा उत्तरपूर्वी युक्रेनको खार्किभको सेनाको अग्रपंक्तिका महत्वपूर्ण स्थान भ्रमण

इनेप्लिज २०७९ जेठ १५ गते १९:३२ मा प्रकाशित

 

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेनी सेनाको “अग्रपंक्तिका महत्वपूर्ण स्थानहरु ” को भ्रमण गरेका छन् । उनले खार्किभ क्षेत्रको यात्राको क्रममा सैनिकहरूसँग भेट गरेको उनको कार्यालयले आइतवार घोषणा गरेको छ ।

“म तपाईहरुको सेवाको लागि तपाईहरु सबैलाई धन्यवाद दिन चाहन्छु। तपाईहरुले हामी सबै र हाम्रो राज्यको लागि आफ्नो जीवन जोखिममा राख्नु भएको छ । युक्रेनको स्वतन्त्रताको रक्षा गर्नु भएकोमा धन्यवाद। आफ्नो हेरचाह गर्नु होला ।” उनले भने।

भ्रमणको क्रममा जेलेन्स्कीले त्यहाँको अवस्थाको बारेमा जानकारी लिए । साथै शहरमा ध्वस्त भएका प्रशासनिक र आवासीय भवनहरूको भ्रमण गरे।

उनले सैन्य नेताहरू र खार्किभ नगर प्रमुख लगायत क्षेत्रीय अधिकारीहरूसँगको बैठकको अध्यक्षता पनि गरे।

खार्किभ क्षेत्रीय सैन्य प्रशासनका प्रमुख ओलेग सिनेगुबोभका अनुसार उक्त क्षेत्रको ३१ % क्षेत्र हाल कब्जामा छ। ५ % युक्रेनीले “मुक्त” गरि सकेको बताए ।

“हामी अझै केही स्वतन्त्र बस्तीहरू पूर्ण रूपमा निरीक्षण गर्न सक्षम छैनौं, पूर्ण रूपमा निस्सस्त्रीकरण सञ्चालन गर्न र महत्वपूर्ण पूर्वाधारको पुनर्निर्माण सुरु गर्न गोलाबारी जारी छ। जहाँ हामी यसलाई टाढाबाट गर्न सक्छौं, हामी गर्छौं,” सिनेगुबोभले भने।

सिनेगुबोभले अगाडी भने खार्किभमा २,२२९ अग्लो भवनहरू क्षतिग्रस्त भएका छन्, जसमा २ सय २५ वटा पूर्ण रूपमा ध्वस्त भएका छन्। खार्किभको उत्तरी र पूर्वी जिल्लाहरूमा कुल आवासहरू ३०.२ % क्षति वा नष्ट भएका छन।

जेलेन्स्कीले बम आश्रयले सुसज्जित आधुनिक आवास निर्माण गरेर शहरको पुनर्निर्माण गर्ने योजनाहरूबारे छलफल गरे भनि सिएनएनले समाचार लेखेको छ ।

“हामीले अधिकतम ऋण सीमा (कोष क्रेडिट लाइन)हरू खोज्नु पर्छ। राज्यले प्रत्याभूति (ग्यारेन्टी)को सर्तमा यो सुनिश्चित गर्नुपर्दछ, र ,शहर र क्षेत्रका नेताहरूले ठूला परियोजनाहरू र पैसा खोज्नुपर्छ,” जेलेन्स्कीले भने।

प्रतिक्रिया