पोखराबाट जोमसोमका लागि उडेको जहाज दुर्घ’टनाग्र’स्त २२ जनाअ’ज्ञात, उद्धारको लागि हेलिकोप्टर जादै – भिडियो सहित

इनेप्लिज २०७९ जेठ १५ गते १०:४२ मा प्रकाशित

पोखराबाट जोमसोमको लागि उडेको तारा एयरको जहाज सम्पर्क विहीन भएपछि खोजीका लागि हेलिकोप्टर परिचालन गरिएको छ ।

बिहान पोखरा विमानस्थलबाट ९ बजेर ५५ मिनेटमा उडेको जहाज सम्पर्क विहीन भएको पोखरा विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीले पुष्टि गर्नुभयो । उहाँका अनुसार पोखरा विमानस्थलको टावरले जोमसोम टावरलाई जहाज हस्तान्तरण गरेको थियो । जोमसोम टावरसँग सम्पर्क भएको केही समपछि जहाज सम्पर्क विहीन भएको सुवेदीले बताउनुभयो । जहाजमा चालक दलका ३ सदस्यसहित २२ यात्रु थिए ।

यात्रुमा २ जना विदेशी, ४ जना भारतीय नागरिक र १३ जना स्वदेशी यात्रु रहेका थिए । प्रभाकर घिमिरेले उडाएको जहाज बिहान १० बजेर १५ मिनेटमा जोमसोम अवतरण हुनुपथ्र्यो । पोखरा जोमसोम हवाइ रुटको घोरेपानी क्षेत्रबाट सम्पर्क विहीन भएको प्रारम्भिक अनुमान छ ।

जहाज सम्पर्क विहीन भएपछि खोजीका लागि हेलिकोप्टर उडिसकेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले बताएको छ । मुस्ताङको लेते र टुकुचेको बीचमा जहाज दुर्घ’टनामा परेको आंश’का गरिएको छ । त्यहाँका स्थानीयले ठूलो आवाज आएको बताएका छन् । उक्त क्षेत्रमा अहिले खोजी भइरहेको छ ।

चालक दलमा क्याप्टेन प्रभाकर घिमिरे र उत्सव पोखरेल तथा एयर होस्टेज क्रिष्टी थापा थिए । यस्तै, यात्रुहरूमा बान्देकर वैसवी, इन्द्रबहादुर गोले, पुरुषोत्तम गोले, राजनकुमार गोले, मेइक ग्रीटग्राफ, बसन्त लामा, गणेश नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रश्मी श्रेष्ठ, रोजिना श्रेष्ठ गएका थिए ।

यसैगरी, प्रकाश सुनुवार, मकरबहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुलसादेवी तामाङ, अशोककुमार त्रिपाठी, धनुश त्रिपाठी, ऋतिका त्रिपाठी, वी विलनर पनि जहाजमा रहेका छन् ।

प्रतिक्रिया