गणतन्त्रलाई सुदृढ र सफल बनाउनु पर्छ –मुख्यमन्त्री राई

इनेप्लिज २०७९ जेठ १५ गते १०:१४ मा प्रकाशित

विराटनगर,१५ जेठ । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईले जनताको ठूलो वलिदान र संघर्षबाट प्राप्त गणतन्त्रणलाई सुदृढ र सफल बनाउनु पर्ने बताउनुभएको छ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा १५ औं गणतन्त्र दिवसको उपलक्ष्यमा विराटनगर–७ स्थित रेडक्रस भवनमा आज आयोजित रक्तदान कार्यक्रमको उद्घाटन गर्दै उहाँले संविधानको मर्म अनुसार गणतन्त्रलाई कार्यान्वयन गर्न हामीसबैको काँधमा ठूलो जिम्मेवारी आएको धारणा राख्नु भयो ।

मुख्यमन्त्री राईले गणतन्त्र स्थापना पछि अहिले हामी सिकाईको क्रममा रहेको उल्लेख गर्दै जनताको विकास र समृद्धिको अनुभूति क्रमशः पुरा हुदै जाने विचार व्यक्त्त गर्न भयो ।

उहाँले गणतन्त्र स्थापना पछि विभिन्न क्षेत्रका पछाडि परेका जनताको हक अधिकार प्राप्तभै रहेको उल्लेख गर्दै आगामी दिनमा प्रदेशको विकासले फड्को मार्ने विश्वास
व्यक्त्त गर्नु भयो ।

मुख्यमन्त्री राईले रक्तदान जीवन दान भएको उल्लेख गर्दै स्वस्थ्य नागरिकले प्रत्येक तीन महिनामा रक्तदान गरि अन्य व्यक्त्तिको जीवन बचाँउन सबैभन्दा ठूलो पुण्य कार्य हुने उल्लेख गर्नु भयो । उहाँले रक्तदान गर्ने दाताहरुलाई प्रमाणपत्र वितरण गर्नु भयो ।

कार्यक्रममा प्रदेशका प्रमुख सचिव डा रामप्रसाद घिघिरे, मन्त्रालयका सचिव कालीप्रसाद पराजुली, मोरबका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल,विराटनगर महानगरपालिकाका उपप्रमुख शिल्पा निराला कार्की र रेक्रक्रसका मोरब अध्यक्ष सुवोध सिंहको उपस्थित रहनु भएको थियो ।

सो अवसरमा सशस्त्र, नेपाल प्रहरी, मन्त्रालयका कर्मचारी, सर्वसाधारण गरी एक सय जनाले रक्तदान गर्नु भएको थियो ।

गणतन्त्र दिवसको उपलक्ष्यमा महानगरपालिकाले आज बिहान प्रदेश सभा सचिवालय भवन अगाडि क्षेत्रमा सफाई अभियान सञ्चालन गरेको छ।

अभियानमा मोरबका प्रमुख जिल्ला अधिकारी दाहाल, महानगरका उपप्रमुख कार्की, वडानं ७ का अध्यक्ष मधुबाबु तिवारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, महानगरकाका कर्मचारी, सर्वसाधारण नागरिकहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया