नव कलाकार रविना केसी चलचित्र ‘बर बधु’ मा

इनेप्लिज २०७९ जेठ १५ गते १०:०३ मा प्रकाशित

सानै उमेरदेखि नायिका बन्ने चाहना बोकेकी रबिना केसीको सपना अब पूरा हुने भएको छ । उनको चहाना चलचित्र ‘बर बधु’ मार्फत पूरा हुन लागेको हो । पूर्वको सुन्दर नगरी धरानकी स्थायी बासिन्दा केसी काठमाडौँलाई कर्मथलो बनाएर सिने नगरीमा आफूलाई स्थापित गर्न लागिपरेकी छन् यतिबेला ।

यसो त रबिनाले यसअघि बिभिन्न गीतका भिडियो, विज्ञापनमा काम गरिसकेकी छन् । अडिसनबाट छानिएकी उनी हर्षित हुँदै भनिन्, ‘एउटा राम्रो टिमसँग काम गर्न पाएकोमा आफूलाई भाग्यमानी ठानेको छु साथै सृजना सुत्रलाई पनि हृदयदेखि आभार व्यक्त गर्न चाहन्छु’ । आफूले पाएको भूमिकालाई राम्रोसँग निभाउने आफूमा पूर्ण विश्वास लिएको उनले जनाइन । उनले खबरहबको मेरो रङ्गमञ्च कार्यक्रममा पनि आफ्नो अभिनय प्रस्तुत गरेकी छिन् ।निर्माण युनिटले काठमाडौंमा एक कार्यक्रमकाबीच चलचित्र ‘बर बधु’ को औपचारिक निर्माण घोषणा गरेको हो । चलचित्र मिलन चाम्सले निर्देशन गर्न लागेका हुन् । यो चलचित्रमा अभिनेत्री आँचल शर्मा, साम्राज्ञी आरएल शाह, विजय लामा, रमेश बुढाथोकी, रविन्द्र खड्का, हिमेश पन्त, किरण केसी, बुद्धि तामाङ, मनोज केसी, नव कलाकार रविना केसी, सृष्टि खड्काको अलवा र नव–अभिनेता विवेक कर्माचार्यको समेत मुख्य भूमिका रहने छ ।

यही महिनाको अन्तिमबाट सुरु हुने निर्माण पक्षले जनाएको छ ।

प्रतिक्रिया