युक्रेनद्वारा मेरीउपोल बन्दरगाहमा धातु लाद्न रूसी जहाज आए पछि निन्दा

इनेप्लिज २०७९ जेठ १५ गते १:३८ मा प्रकाशित

युक्रेनले मेरीरउपोल बन्दरगाहमा धातु लाद्न रूसी जहाजहरु आए पछि युक्रेनले निन्दा गरेको छ ।

युक्रेनले शनिबार रुसका लागि धातुको ढुवानी लाद्न (लोड )गर्न कब्जा गरिएको युक्रेनी शहर मेरीउपोलमा जहाज पठाएकोमा रूसको निन्दा गरेको छ।

युक्रेनी संसदका मानवअधिकार आयुक्त लिउडमिला डेनिसोभाले एक विज्ञप्तिमा रुसीहरूले “मेरीउपोलबाट रोस्तोभ-अन-डन (रूसको) मा पहिलो जहाजबाट ३००० टन धातु उत्पादनहरू पठाइरहेका बताए ।

लुटेका सामानहरु हटाउन कब्जाकर्ताहरूले मेरीउपोल र भोल्नोभाखामा रेल जडानहरू पुनर्स्थापित गर्न थालेको भने ।

रूसी राज्य समाचार सँस्था (टिएएसएस )ले शनिबार जनाए अनुसार एक रूसी जहाज मेरीउपोलको बन्दरगाहमा प्रवेश गरेको छ। जहाजले २,७००टन धातु लड्ने छ र सोमबार रोस्तोभ-अन-डोनको लागि प्रस्थान गर्नेछ।

डेनिसोभाले युक्रेनमा रुसले आक्रमण गर्नुअघि मेरीउपोल बन्दरगाहमा लगभग २००,००० टन धातु र १७० मिलियन डलरको फलाम रहेको दाबी गरे।

प्रतिक्रिया