विराटनगर,१४ जेठ । राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्रप्रसाद लिङ्गदेनले स्थानीय पालिका निर्वाचनमा पार्टी एक्लै प्रतिस्पर्धा गरेको बताउनु भयो ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरु संक्षिप्त कुराकानीमा उहाँलेराप्रपाले केही स्थानीय पालिकामा रणनीतिक रुपमा गठबन्धनलाई प्रयोग गरेको स्पष्ट
पार्नु भयो ।
अध्यक्ष लिङ्गदेनले आफूहरुलाई ठूलो पार्टी भन्नेहरु नेपाली कांग्रेस र नेकपा एमाले राप्रपालाई अछुतको व्यवहार गर्ने गरेको चर्चा गर्दै राप्रपा पनि आवश्यक छ भन्नका लागि कतिपय स्थानीय पालिकामा प्रयोगको रुपमा ती दलहरुसँग तालमेल भएको स्पष्ट पार्नुभयो ।
उहाँले राष्ट्रको आफ्नो परराष्ट्र नीति असलग्नको सिद्धान्तको आधारमा हुनुपर्नेमा जोड दिनुहुदै मुलुकको वैदेशिक सम्वन्ध सन्तुलनमा हुनु पर्छ भन्नु भयो ।
अध्यक्ष लिङ्गदेनले मुलुकको राजनैतिक दलहरुले समेत पराष्ट्र सम्वन्धमा गम्भिर हुनुपर्नेमा जोड दिदै अन्यथा मुलुक शक्ति राष्ट्रको प्रतिस्पर्धा स्थल हुनु सक्ने आशंकाव्यक्त्त गर्नु भयो ।
प्रतिक्रिया